नयाँ दिल्ली, २० कात्तिक । दुई बर्ष पूरानो आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका भारतीय पत्रकार अर्नब गोस्वामीलाई दुई बर्ष पूरानो १४ दिनका लागि न्यायीक हिरासतमा राख्ने अनुमति दिइएको छ ।
बुधबार राति मुम्बईस्थित एक अदालतले गोस्वामी र अन्य दुई जनालाई १४ दिनका लागि न्यायिक हिरासतमा राख्न आदेश दिएको हो ।
गोस्वामीका वकिलले जमानतका लागि निवेदन दिएका हुन् । सो निवेदनमाथि बिहीबार सुनुवाई हुने सम्भावना रहेको छ ।
सन् २०१८ मा इन्टेरियर डिजाइनर अन्वयक नाइक र उनकी आमा कुमुद नाइकलाई आत्महत्या गर्न बाध्य पारेको आरोप गोस्वामीमाथि लागेको छ । गोस्वामीलाई भादंविको धारा ३०६ को खण्ड ३४ अन्तर्गत हिरासतमा राख्ने आदेश दिइएको हो ।
रिपब्लिक टेलिभिजनका प्रधानसम्पादकसमेत रहेका गोस्वामीलाई बुधबार बिहान मुम्बईस्थित उनकै निवासबाट प्रहरीले पक्राउ गरेको थियो भने उनलाई बुधबार रातभर कोभिड–१९ परीक्षण रिपोर्ट नआउँदासम्म जेलद्वारा कोभिड–१९ विरामीलाई राख्न बनाईएको केन्द्रमा नै राखिएको थियो ।
इन्टेरियर डिजाइनर अन्वयक नाइक र उनकी आमा कुमुद नाइक सन् २०१८ को मे महिनामा अलिबाग तालुकाको कवीर गाउँस्थित आफ्नो फार्म हाउसमा मृत फेला परेका थिए ।
त्यहाँ फेला परेको सुसाइड नोटमा अर्नबसँगै फिरोज शेख र नितेश सारदाले ५० करोड भुक्तानी नगरेकाले आफूहरुले आत्महत्या गरेको उल्लेख छ ।
Related News
सम्बन्धित समाचार
म्यान्मारमा सेनाको गोली लागेर एकै दिन ३८ जनाको मृत्यु
चीनमा नयाँ फैसला, पूर्व पत्नीलाई घरायासी काम गरेबापत क्षतिपूर्ति दिन आदेश
इक्वेडरमा जेलमा भएको दङ्गामा कम्तीमा ७५ जनाको मृत्यु
टाइगर उड्सको कार दुर्घटनाग्रस्त, गम्भीर घाइते
गृहमन्त्रीको हत्या प्रयास
hero news full width
मुख्य समाचार
घुम्ने कर्मचारीलाई महिनाभरिको तलब, आधा महिना छुट्टी
सहिदका छोराछोरीलाई उच्च शिक्षाको चिन्ता
फागुन २३, २०७७यसरी शुरु हुँदै छ संसद
फागुन २२, २०७७पूर्व बजेट छलफल : ‘अस्थिर कर्मचारीतन्त्र विकासको बाधक’
फागुन २२, २०७७खेलकुदको अब्बल ब्रान्ड : पोखरा म्याराथन
फागुन २२, २०७७पोखरा विश्वविद्यालयमा उद्यमशीलता विकास विषयको पढाइ सुरू
फागुन २१, २०७७