लामिछानेको नयाँ गीत चर्चामा

आदर्श समाज सम्वाददाता
कार्तिक २०, २०७७
falare

दमौली । पोखरेलीगायक सञ्जीव लामिछानेको नयाँ गीत ‘रातो रिवन कालो कपालमा..’ युट्युबको ट्रेन्डिङमा पर्न सफल भएको छ । लामिछाने र अञ्जु पन्तको स्वरमा रहेको सो गीतलाई छोटो समयमै ४ लाख पटक हेरिएको छ ।
यादव लम्सालको शब्द तथा अर्जुन पोखरेलको संगीतमा रहेको यो गीत ए प्लस स्टुडियोमा रेकर्ड भएको हो ।

भिडियोमा पछिल्लो समय युवाहरुले निकै मन पराएको कार्टुन क्रयुका पात्रहरु, सरोज अधिकारी, आश्मा विश्वकर्मा सहित सुधीर शर्मा, सञ्जीव लामिछाने र वसन्त अधिकारीले अभिनय छ । यो गीत डिभाइन मिडियामार्फत सार्वजनिक गरिएको हो ।

यसअघि ३ गीतमा आफ्नै लय, शब्द र स्वर भरेका लामिछानेको केही समयमा ‘आकाशैको झिलमिली तारालाई..’ बजारमा आउने तयारीमा छ ।

चौरीको छुर्पी चपाउँदै, सुसेलीले बोलाउने, घरीघरी हावा उनका पुराना गीत हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width