पाँडे र पौडेललाई भैरव पुरस्कार

आदर्श समाज सम्वाददाता
कार्तिक २०, २०७७

काठमाडौं, २० कात्तिक ।  नेपाली हाँस्यव्यङ्ग्य साहित्यका शिखर पुरुष भैरव अर्यालको स्मृतिमा स्थापित भैरव पुरस्कार र भैरव प्रतिभा पुरस्कार वर्ष २०७६/७७ का लागि क्रमशः रामकुमार पाँँडे र राजाराम पौडेललाई प्रदान गरिने भएको छ ।

पाँडे चर्चित व्यङ्ग्यकार हुन् भने पौडेल हाँस्य कलाकारिता क्षेत्रमा स्थापित नाम हो । भैरव पुरस्कार र भैरव प्रतिभा पुरस्कारको राशि क्रमश  एक लाख र रु ५० हजार रहेको छ ।

वरिष्ठ साहित्यकार विजय चालिसे संयोजक तथा वरिष्ठ समालोचक प्रा डा खगेन्द्र लुइँटेल र व्यङ्ग्यकार लक्ष्मण गाम्नागे सदस्य रहेको चयन समितिले पाँडे र पौडेललाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

विसं २०४६ देखि प्रत्येक दुई वर्षमा यी पुरस्कार प्रदान गरिँदै आएकोमा अब आगामी वर्षबाट बर्सेनि वितरण गरिने छ।

Related News

सम्बन्धित समाचार

hero news full width