हेमजा । गण्डकी आयुर्वेद औषधालय पोखरामा औषधी अभाव भएको छ । औषधालयमा ग्यास्टिकको लागि प्रयोग हुने ‘अभिपतिकर चूर्ण’ तथा दिसा पातलो गराउन प्रयोग हुने ‘त्रिफला’ लगायत औषधी अभाव भएको हो । अभावका कारण कतिपय बिरामी औषधीबिनै घर फर्कनुपरेको छ ।
औषधालयका प्रमुख डा. कुमार कासुलाले यस वर्ष प्रथम चौमासिकमा खरिद गरिएका केही औषधी सकिएको जानकारी दिँदै अब चाँडै दोस्रो चरणमा औषधी खरिदको प्रक्रिया अगाडि बढाउने बताए । उनले बजेट निकासामा शीर्षक नमिलेका कारण पनि औषधी खरिदमा केही समस्या आएको दाबी गरे ।
विभिन्न कारणले बिरामी मर्काको पारेको स्वीकार गर्दै प्रमुख कासुलाले चाँडै नै शीर्षक मिलाएर खरिद प्रक्रिया अगाडि बढाउने र प्रदेश सरकारलाई पनि घच्घचाउने बताए ।
औषधालयबाट २९ प्रकारका औषधी निःशुल्क पाउनुपर्ने भएपनि कतिपय अवस्थामा बिरामीले पाउन सकेका छैनन् । औषधालयमा दैनिक २० देखि २२ जनासम्म बिरामी आउने गरेको बताइएको छ।
Related News
सम्बन्धित समाचार
काठमाडौंमा राजनीतिक हावाहुरी, पाेखरामा भने सुनसान
ग्रामीण क्षेत्रमा सडक कालोपत्रे
संसद पुनर्स्थापनापछि विजय र्याली
सहकारी रकम हिनामिना गर्ने ५ जनालाई ३ वर्ष कैद
नेपाल भ्यालुअर्स एसोसियसन गण्डकीमा राजेन्द्र लिगल
hero news full width
मुख्य समाचार
माछापुच्छ्रेका छाेरीबुहारी चुलोचौको छाडेर लोक सेवा तयारीमा जुटे
फेवातालको क्षेत्रफल ११२५५ रोपनी
फागुन १३, २०७७गठन भयो पोखरा प्रज्ञा प्रतिष्ठान, कुलपतिमा पदमराज ढकाल
फागुन १२, २०७७काेराेनाले नेपालमा २ हजार ६ सय ८४ काे ज्यान लियाे
फागुन १२, २०७७‘प्रधानमन्त्रीले संकटकाल लगाउन सक्दैनन्, वैधता नै छैन ’
फागुन १२, २०७७मुलुकभर दाहाल नेपाल नेपाल समूहकाे देशभर खुशीयाली सभा
फागुन १२, २०७७