सुख्खा पहिरोमा ५ मजदुरको मृत्यु

आदर्श समाज सम्वाददाता
कार्तिक २०, २०७७

नवलपरासी  । कालीगण्डकी करिडोरअन्तर्गत पूर्वी नवलपरासीको बुलिङ्गटारमा सुख्खा पहिरो खस्दा ५ जना मजदुरको मृत्यु भएको छ ।

बुधबार साँझ साढे ५ बजेतिर बुलिङ्गटार गाउँपालिका ३ मा तारजाली भर्ने क्रममा माथिबाट खसेको सुख्खा पहिरोमा परी घटनास्थलमै ५ जनाको निधन भएको हो । घटनामा २ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा बुलिङ्गटार ४ निवासी २८ वर्षीय तुलबहादुर सारु, २० वर्षीय गोपाल गर्जामगर, ४२ वर्षीय सुनबहादुर पुलामीमगर, २० वर्षीय ताराबहादुर लंगेलीमगर र २० वर्षीय चेतबहादुर अस्लामी मगर रहेका छन् । उनीहरुको शव उद्धार गरी स्वास्थ्य चौकीमा राखिएको छ ।

घाइते २० वर्षीय केवलंिस लुंगेलीमगर, २१ वर्षीय कृष्ण लुंगेलीलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए । उनीहरुको अवस्था सामान्य रहेको छ ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads