पोखरा, १९ कात्तिक । जयकालिका प्लास्टिक उद्योग प्रालिले सोलार वाटर हिटर मिनी मेला आयोजना गर्दैछ । पोखरा–२६ बूढीबजारमा कात्तिक २१ देखि २६ सम्म आयोजना हुने सो मेलाको आवश्यक तयारी पूरा भएको कम्पनीका प्रबन्ध निर्देशक रमेश खाँण ठकुरीले जानकारी दिए ।
उनका अनुसार कोभिड–१९ संक्रमणविरुद्ध आवश्यक स्वास्थ्य सचेतना अपनाउँदै कम्पनीको शोरुम रहेको बूढीबजारमा ग्लोबल आईएमई बैंकनजिकै सो मेला हुनेछ । मेलाबाट ग्राहकले आफ्ना उत्पादनको बारेमा भरपूर जानकारी पाउने र विभिन्न सामग्री खरिदमा छुट पनि पाउनेछन् ।
कम्पनी स्थापनाको चौथो वार्षिकोत्सव अवसरमा हुने सो मिनी मेलामा आफ्ना उत्पादन प्रदर्शनीमा राखिने कम्पनीका प्रबन्ध निर्देशक रमेश खाँण ठकुरीले जानकारी दिए ।
कम्पनीले यसअघि नै दशैंलगत्तै आक्रामक रुपमा बजार बिस्तार गर्ने योजना बुनेको थियो ।
जेके ब्राण्डका १ हजार लि.को पानीट्यांक उत्पादन गर्दै आएको कम्पनीले नयाँ डिजाइन र कलरमा १ हजार लि. र २ सय लि.को ट्यांक उत्पादन गर्छ । जसमा सेतो, पिंक तथा पहेंलो रंगमा उपलब्ध हुनेछ ।
भविष्यमा ३ हजार र ५ हजार लि.का ट्यांकसमेत उपलब्ध गराउने कम्पनीको लक्ष्य छ । हाल देशभर १ सयभन्दा बढी डिलरमार्फत फुट्दै नफुट्ने जेके ट्यांक उपलब्ध हुँदै आएको जनाइएको छ ।
कोरोना महामारी र ग्राहकको चाहना मध्यनजर गर्दै उधारो तथा बोनस स्कीम हटाएर डिलरले जेके ट्यांक नगदमा कारोबार गर्दा सुरुवातमै कम मूल्यमै सामान प्राप्त गर्नेछन् । जसले गर्दा ग्राहकले सस्तो मूल्यमा ट्यांक खरिद गर्न सक्ने कम्पनीका बजार प्रबन्धक कालिदास पोख्रेलले बताए ।
आफ्ना उत्पादन सहजै रुपमा ग्राहकमाझ पुर्याउन टिडिआर बिजिनेस हाउसमार्फत अनलाइन कारोबार गर्ने योजना रहेको बताइएको छ ।
पोखरा–३२, तल्लो गगनगौंडामा ६ रोपनी जग्गा भाडामा लिई संचालित यसखालको कम्पनी यस क्षेत्रकै पहिलो हो । कम्पनीले हाल पानीराख्ने ट्यांक (२ सयदेखि २ हजार लि.), यूपीभीसीको झ्यालढोका, पार्टेसन उत्पादन गर्दै आएको छ । साथै भारतीय सुप्रिम सोलार वाटर हिटरको आधिकारिक बिक्रेता हो ।
जेके ट्यांक, झ्यालढोका तथा पार्टेसन निर्माणमा मिसावटरहित एवं ओरिजिनल कच्चा पदार्थ प्रयोग भएकोले धेरै वर्ष टिकाउ हुने कम्पनीको दाबी छ । कम्पनीले जेके ट्यांकमा ५० वर्षसम्मको वारेन्टी नै दिने गरेको छ ।
यस्तै, ३५ वर्षको वारेन्टी रहेको झ्यालढोका तथा पार्टेसनसमेत कीरा नलाग्ने, घामपानी, आगोले असरल नगर्ने, रंग लगाउनु नपर्ने, असिनापानी आउँदा आवाज कम दिने, बाहिरी तातो र चिसोभित्र नछिर्ने, आल्मुनियमभन्दा बलियो, काठभन्दा सस्तो, एसी जडानसमेत सहजै हुन्छ ।
Related News
सम्बन्धित समाचार
सक्षम सहकारीको पदस्थापन
सुन्तलाबाट जुस, बोक्राबाट मेकअप सामग्री
गुरुङ ब्युटिपार्लरपछि चिनुले खाेलिन् सिजी ब्रोज एन्ड नेल्स ट्रेनिङ इन्स्टिच्युट
गाउँमै रोजगारी : परिवारमा खुशीयाली
आँखा, हात, खुट्टा, नङको सौन्दर्य निखार्न सिजी ब्रोज एन्ड नेल्स
hero news full width
मुख्य समाचार
गण्डकीमा १४ खोप केन्द्र, आजबाट सबै जिल्लामा लगाइने
बाढीले प्रदेशमा ३ अर्बको क्षति
माघ १४, २०७७कास्कीमा सुरू भयाे चुनावकाे तयारी
माघ १४, २०७७संसद विघटनविरुद्ध कांग्रेस झनै सशक्त
माघ १३, २०७७नेकपाका अध्यक्षद्वयलाई निर्वाचन आयोगले भन्याे : एकता महाधिवेशनअघि कसैले कसैलाई हटाउन सक्दैन
माघ १३, २०७७काेराेनाविरुद्धकाे खाेपका लागि देशभर ६२ अस्पतालमा १ सय २० खोप केन्द्र
माघ १३, २०७७