बुटवल । लुम्बिनी प्रदेशसभामा प्रमुख विपक्षी दल नेपाली काँग्रेसको संसदीय दलको प्रमुख सचेतकमा फखरुद्दिन खान नियुक्त भएका छन् ।
काँग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले काँग्रेस संसदीय दलको विधान २०७४ को दफा ११ (१) को अधिकार प्रयोग गर्दै बाँकेका सुरेन्द्र हमालको स्थानमा रुपन्देही ५ (२) बाट प्रत्यक्ष निर्वाचित खानलाई नियुक्त गरेका हुन् । खानलाई कात्तिक १७ गतेबाट लागू हुने गरी प्रमुख सचेतकमा नियुक्त गरिएको जानकारी प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीलाई गराइसकेको नेता कनौडियाले जानकारी दिए । प्रमुख सचेतकमा नियुक्त ४० वर्षका खान प्रदेशसभाका काँग्रेस सांसदमध्ये अध्ययनशील र स्पष्ट वक्ताका रुपमा चिनिन्छन् ।
यसअघिका प्रमुख सचेतक हमालले सहमतीमै आफूले पद छाडेको प्रतिक्रिया दिएका छन् । आफ्नो कार्य व्यस्ततका कारण पद छाडेको उनको भनाइ छ । राजधानी बुटवलबाट दाङ सार्ने विषयमा दलका नेतासँग उनको दूरी बढेको चर्चा गरिएको थियो । तर कुनै विवादबिना पदबाट राजीनामा गरेको दलका नेता कनौडियाले बताएका छन् ।
प्रदेशको स्थायी राजधानी दाङ सार्ने सरकारको प्रस्तावको सम्बन्धमा काँग्रेस संसदीय दलले विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको थियो । तर प्रमुख सचेतक हमाल सहितका केही सांसद उक्त निर्णयको विरुद्धमा थिए । तर मतदानका क्रममा हमाल आफन्त बिरामी भएका कारण अनुपस्थित थिए । तर अन्य ५ जना सांसदले पार्टीको ह्वीपविपरीत दाङको पक्षमा मतदान गरेका थिए ।
Related News
सम्बन्धित समाचार
प्रधानमन्त्री ओलीलाई सुरक्षा थ्रेट !
संसद बैठकः सत्तापक्षको बेन्च झमेला
स्याङ्जाको बिरुवा–४ खुदीमा ६७ जना कांग्रेस प्रवेश
प्रतिनिधिसभा बैठक २३ गते बोलाउन सिफारिस
विप्लव नेकपा मुस्ताङ इन्चार्ज पक्राउ
hero news full width
मुख्य समाचार
आँखा उपचारमा अब्बल पाेखराकाे हिमालय आँखा अस्पताल
बिएण्डसी टिचिङ हस्पिटललाई सम्बन्ध दिने तयारी
फागुन १८, २०७७फेवातालको विवरण पहिलोपल्ट राजपत्रमा, माटो निकाल्ने कार्य सुरु
फागुन १८, २०७७प्रदेश सरकार भूमिहीन, संघको जग्गामा पहिलाे भवन शिलान्यास
फागुन १८, २०७७कारागारमा कुटपिटपछि २५ कैदी रातारात सारियाे
फागुन १७, २०७७बेवारिसेका अभिभावक विद्यालय
फागुन १७, २०७७