कोरोना संक्रमणबाट बागलुङमा एकको मृत्यु

साधन राम्जाली
कार्तिक १८, २०७७
dhaulagiri_hospital

म्याग्दी , १८ कार्तिक । बागलुङमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । धौलागिरी अस्पताल बागलुङमा उपचाररत बागलुङ नगरपालिका –३ का ६६ वर्षीय पुरुषको मंगलबार विहान मृत्यु भएको हो ।

उनलाई स्वास्थ्य अवस्था गम्भीर भएपछि कार्तिक १२ गते अस्पताल भर्ना गरिएको अस्पतालका मेडिकल सुपरिटेडेन्ट डा. शैलेन्द्र विक पोख्रेलले बताए ।

‘कात्तिक १२ गते गम्भीर बिरामी भएपछि अस्पताल आउनुभएको थियो, कोभिड टेष्ट गर्दा पोजेटिभ देखियो,’ उनले भने,‘अवस्था गम्भीर भएपछि उही दिनदेखि नै भेन्टिलेटरमा राखेर उपचार गरेका थियौं । मंगलबार बिहान १०ः २० को समयमा उहाँको मृत्यु भयो ।’

मृतकलाई पहिलेदेखि नै मधुमेह र थाईराइडको समस्या रहेको थियो । संक्रमणपछि दुबै मृर्गौलाले काम नगरेपछि ज्यान गएको अस्पतालले जनाएको छ । उनी अस्पताल जाँदा नै गम्भीर स्वाशप्रश्वास सम्बन्धी देखिएको थियो ।

गण्डकी प्रदेशमै पहिलो संक्रमितको उपचार गरेको धौलागिरी अस्पतालमा कोरोना संक्रमणका कारण पहिलो व्यक्तिको मृत्यु भएको हो । कोरोनाबाट मृतक व्यक्तिको नेपाली सेनाले दाह संस्कार गर्ने जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width