भारतीय सेनाध्यक्षको कात्तिक १९ देखि हुन लागेको नेपाल भ्रमण रोक्न माग गर्दै संयुक्त देशभक्त मोर्चाले पोखरामा सोमबार जिल्ला प्रशासन कार्यालयअघि दिएको शान्तिपूर्ण धर्नाका सहभागी । तस्वीर सौजन्य : सुवास आचार्य
पोखरा । नेपालको तीनदिने भ्रमणमा आउन लागेका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको भ्रमण रोक्न माग गर्दै पोखरामा विरोध प्रदर्शन गरिएको छ ।
नेपाल र नेपाली जनताको अपमान गरेको भन्दै भारतीय सेनाध्यक्षको भ्रमण रोक्न माग गर्दै संयुक्त देशभक्त मोर्चाको पहलमा सोमबार जिल्ला प्रशासन कार्यालय अघि १ घण्टा धर्ना दिइएको हो ।
कालापानी, लिम्पीयाधुरा र लिपुलेकबारे नेपाल कसैको इशारामा चलिरहेको भारतीय सेनाध्यक्ष नरवणेको अभिव्यक्ति निन्दनीय लज्जास्पद भएको भन्दै विरोध प्रदर्शन गरिएको मोर्चाका प्रवक्ता रामबहादुर पौडेलले बताए । साथै मोर्चाले नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जासमेत नदिन माग गरेको छ ।
धर्नाका सहभागीले भारतीय सेनाध्यक्षको भ्रमण रद्ध गर, भारतीय सेनाध्यक्षलाई सम्मान गर्ने परम्परा खारेज गर, नेपाल र नेपालीको अपमान गर्ने भारतीय सेनाध्यक्षलाई शीतल निवासमा स्वागत किन ?, भारतीय सेना कालापानी तुरुन्तै छोडलगायत नाराअंकित प्लेकार्ड बोकेका थिए ।
मोर्चा संयोजका वरिष्ठ अधिवक्ता तिलक पराजुलीले भारतीय हस्तक्षेपका कारण देश अप्ठ्यारोमा परेका बेला राज्यलाई दवाब दिन सहभागी सम्पूर्णमा आभार व्यक्त गर्दै भारतीय सेनाध्यक्षको भ्रमण रद्द हुनुपर्नेमा जोड दिए । नरवणेले कात्तिक १९ देखि २१ सम्म नेपाल भ्रमण गर्दैछन् ।
Related News
सम्बन्धित समाचार
मुद्दा मिलाउने भन्दै १ करोड माग्ने पक्राउ
सिद्धार्थ क्लबकाे कार्यक्रममा ९४ युनिट रगत संकलन
स्मार्ट सिटी पोखरामा फोहोरको दुर्गन्ध
पोखरा प्रज्ञा प्रतिष्ठान कुलपति, प्राज्ञ सदस्यले लिए सपथ
फेवातालको विवरण पहिलोपल्ट राजपत्रमा, माटो निकाल्ने कार्य सुरु
hero news full width
मुख्य समाचार
घुम्ने कर्मचारीलाई महिनाभरिको तलब, आधा महिना छुट्टी
सहिदका छोराछोरीलाई उच्च शिक्षाको चिन्ता
फागुन २३, २०७७यसरी शुरु हुँदै छ संसद
फागुन २२, २०७७पूर्व बजेट छलफल : ‘अस्थिर कर्मचारीतन्त्र विकासको बाधक’
फागुन २२, २०७७खेलकुदको अब्बल ब्रान्ड : पोखरा म्याराथन
फागुन २२, २०७७पोखरा विश्वविद्यालयमा उद्यमशीलता विकास विषयको पढाइ सुरू
फागुन २१, २०७७