रुपन्देहीमा राजा बचाउ अभियान

bikramkhadka विक्रम खड्का
कार्तिक १८, २०७७
raja rallyi

बुटवल   । राजसंस्था पुनःस्र्थापना माग गर्दै सोमबार बुटवलमा राजा समर्थक युवाले मोटरसाइकल र्‍याली प्रदर्शन गरेका छन् । देश र श्रीपेचको रक्षाको लागि भन्दै वीरगोर्खाली अभियानले बुटवल सहित तिलोत्तमा नगरपालिकाका विभिन्न स्थानमा मोटरसाइकल र्‍याली प्रदर्शन गरेको हो ।

तिलोत्तमा नगरपालिकाको मणिग्रामबाट सुरु र्‍यालीमा प्रदर्शनकारीले राष्ट्रिय झण्डा सहित पूर्व राजारानी (ज्ञानेन्द्र र कोमल शाह) को तस्वीर अंकित टिसर्ट लगाएका थिए । र्‍याली राजमार्ग हुँदै ट्राफिकचोक पुगेर सकिएको थियो । र्‍यालीमा सहभागीले ‘राजा आउ, देश बचाउ’ लगायतका नारा लगाएका थिए ।

र्‍यालीमा २ हजार मोटरसाइकल सहभागी भएको आयोजक समितिका सल्लाहकार शक्ति सापकोटाले दाबी गरे । राजसंस्थाको अन्त्यपछि रुपन्देही जिल्लामा भएको राजावादीहरुको प्रदर्शन अहिलेसम्मकै ठूलो रहेको प्रत्यक्षदर्शीले विश्लेषण गरेका छन् । र्‍यालीपछि ट्राफिकचोकमा आयोजना गरिएको कोणसभामा कार्यक्रम संयोजक वसन्तविक्रम पाण्डे, रुपन्देही संयोजक प्रवीण थापा, डिल्लीराज खनाल लगायतले राष्ट्रिय एकता र स्थीरताका लागि राजसंस्था र हिन्दू राष्ट्र पुनः स्थापना आवश्यक रहेको बताए ।

राजसंस्था पुनःस्थापनाको लागि देशव्यापी रुपमा अभियान सञ्चालन गर्ने बताउँदै उनीहरुले दलको नेतृत्व असफल भएकोले राष्ट्रियताको रक्षा र भ्रष्टाचार निवारणका लागि पनि राजसंस्था पुनस्र्थापना अनिवार्य रहेको बताएका थिए ।

कार्यक्रममा शिवसेना नेपाल नामक राजवादी संस्थाको समेत सहभागिता रहेको थियो । प्रदर्शनमा विगतमा

ग्रेस तथा कम्युनिष्टमा लागेका युवाको पनि सहभागिता देखिन्थ्यो । र्‍यालीमा सहभागीहरुले राजनितिक दलहरुको क्रियाकलापका कारण जनताले राजा नै ठिक भएको भन्ने अवस्थामा पुगेको बताए ।

पूर्वराजा ज्ञानेन्द्र गत वर्ष पनि एक हप्ता रुपन्देहीमा बसेर आसपासका शक्तिपीठहरुमा घुमेका थिए ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads