टान पश्चिमाञ्चलमा पौडेल निर्विरोध

आदर्श समाज सम्वाददाता
कार्तिक १८, २०७७
susil paudel

पोखरा  । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ, पोखराको अध्यक्षमा सुशील पौडेल निर्वारोध भएका छन् ।

संस्थाको १६ औं अधिवेशन तथा २७ औं वार्षिक साधारणसभा अवसरमा आइतबार भएको मनोनयन दर्तामा नेतृत्वको लागि उनको मात्र उम्मेदवारी परेको हो । पौडेल यसअघि संस्थामा प्रथम उपाध्यक्ष थिए ।

यस्तै, सचिव पदमा एकमात्र उम्मेदवारी परेपछि मिलन तिवारी समेत निर्विरोध भएका छन् ।

बुधबार प्रमुख अतिथि गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले उद्घाटन गर्ने साधारणसभा पूर्व नै अन्य पदमा पनि सर्वसम्मत प्रयास भइरहेको हाल अध्यक्ष हरि भुजेलले बताए ।

निर्वाचन समिति संयोजक डम्बरबहादुर केसीका अनुसार प्रथम उपाध्यक्षमा धर्मराज पन्थी र जीवनराज सापकोटाको उम्मेदवारी परेको छ ।

यस्तै, द्वितीय उपाध्यक्षमा उदय सुवेदी, कृष्णप्रसाद आचार्य र दिवस लामिछानेबीच प्रतिस्पर्धा हुँदैछ । सहसचिवमा रेशम अधिकारी र विश्वहाङ राई र कोषाध्यक्षमा किसमकुमारी गुरुङ र ढाकाराम अधिकारीको उम्मेदवारी परेको छ ।

सदस्यतर्फ ११ जनाको उम्मेदवारी परेको छ । सदस्यमा अमृतप्रसाद तिवारी, लक्ष्मी कोइराला, गोपाल सङग्रौला, विकास गुरुङ, मोहन सुवेदी, कालिबहादुर नेम्माङ, जूना अधिकारी, नवराज श्रेष्ठ, अनिल थापा, चन्द्रबहादुर भुजेल, दीपक सापकोटाबीच प्रतिस्पर्धा हुनेछ । ११ सदस्यमध्ये ६ जना निर्वाचित हुनेछन् । नयाँ कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ ।

साधारणसभामा कोभिड–१९ ले पर्यटन क्षेत्र एवं ट्रेकिङ क्षेत्रमा पारेको नकारात्मक प्रभावबारे छलफलसँगै सचिव जीवनराम सापकोटा र कोषाध्यक्ष कृष्णप्रसाद आचार्यको प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ ।

Related News

सम्बन्धित समाचार

hero news full width