हेमजा । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले माछापुच्छे« गाउँपालिकास्थित सार्दीखोलामा निर्माणाधिन सेती नदी हाइड्रोपावर अवलोकन गरेका छन् ।
सोपछि उनले जलविद्युत् योजनाका नाममा खोला झोलामा राख्ने परिपाटीको अन्त्य गर्नुपर्ने बताए।उनले जलविद्युत् नेपाल विकासको प्रमुख आधार भएको जनाउँदै संघ, प्रदेश र स्थानीय तहले तत्काल जलविद्युत्सम्बन्धी कानून बनाउनुपर्नेमा जोड दिए ।
गुणस्तर ख्याल गर्दै समयमै कार्य सम्पन्न गर्न मुख्यमन्त्री गुरुङले निर्माण व्यवसायी भिजन लुम्बिनी उर्जा कम्पनीलाई निर्देशन पनि दिए।
त्यस अवसरमा कम्पनीका अध्यक्ष जगतबहादुर पोखरेलले निर्माणको अवस्थाबारे मुख्यमन्त्री गुरुङलाई अवगत गराएका थिए । उनले आइतवारसम्म ११ प्रतिशत कार्य सकिएको बताए।
परियोजना निर्देशक लेखनाथ पाण्डेले निर्माणअन्तर्गत सिभिल, हाइड्रो मेकानिकल, इलेक्ट्रो मेकानिकल र ट्रान्समिसन कार्य क्रमशः हुने जानकारी दिए ।उनले समयमै कार्य सक्ने प्रतिबद्घता जनाउँदै स्थानीय जनताको हितलाई ख्याल गरी परियोजनाले शेयर वितरण गरेको पनि स्पष्ट पारे।
कुल २५ मेगावाटको उक्त आयोजना गत बैशाख २३ गतेदेखि सुरु गरिएकोमा २७ महिनाभित्र कार्य सक्नुपर्ने प्रावधान छ । आयोजनाको कुल लागत ५ अर्ब रुपैयाँ रहेको छ ।
Related News
सम्बन्धित समाचार
काठमाडौंमा राजनीतिक हावाहुरी, पाेखरामा भने सुनसान
ग्रामीण क्षेत्रमा सडक कालोपत्रे
संसद पुनर्स्थापनापछि विजय र्याली
सहकारी रकम हिनामिना गर्ने ५ जनालाई ३ वर्ष कैद
नेपाल भ्यालुअर्स एसोसियसन गण्डकीमा राजेन्द्र लिगल
hero news full width
मुख्य समाचार
कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष : नेकपा फुटेको छैन, हतारमा निर्णय नगरौँ
पोखराको फुटपाथ र पार्किङ व्यवस्थापन गर्न पाेउवा संघले बुझायो ज्ञापनपत्र
फागुन १३, २०७७नेपाली खानालाई विश्वभर पस्किँदैछुः सन्तोष साह
फागुन १३, २०७७माछापुच्छ्रेका छाेरीबुहारी चुलोचौको छाडेर लोक सेवा तयारीमा जुटे
फागुन १३, २०७७फेवातालको क्षेत्रफल ११२५५ रोपनी
फागुन १३, २०७७गठन भयो पोखरा प्रज्ञा प्रतिष्ठान, कुलपतिमा पदमराज ढकाल
फागुन १२, २०७७