पिसिआर परीक्षणमा पालिकाको आधा खर्च

आदर्श समाज सम्वाददाता
कार्तिक १८, २०७७
PCR

धनकुटा । कोरोना भाइरस समुदायमा फैलिएपछि कोभिड–१९ क्राईसिस मेनेजमेन्ट सेन्टरको बैठकले धनकुटा जिल्लामा तिहारमा देउसी भैलो खेल्न बन्द गर्ने र कुनै पनि किसिमको बैठक, भेला, गोष्ठी, तालिम, प्रशिक्षण तथा शुभकामना आदानप्रदान कार्यक्रम नगर्ने निर्णय गरेको छ ।

धनकुटाका प्रमुख जिल्ला अधिकारी तथा धनकुटा जिल्ला सिसिएमसि संयोजक केशवप्रसाद विमलीको अध्यक्षतामा भएको बैठकले कोरोना भाइरसलाई थप समुदायमा फैलन नदिन सो निर्णय गरेको हो ।

बैठकले लक्षण सहितका बिरामीहरुको पिसिआर परीक्षण गर्दा लाग्ने शुल्क सम्बन्धित पालिकाले आधा व्यर्होने र आधा सम्बन्धित व्यक्तिलेने व्यहोर्ने निर्णय समेत भएको छ ।

कोभिड संक्रमितहरुको तथ्याङ्क संकलन गर्न समस्या भैरहेकोले प्रदेश सामाजिक मन्त्रालयहरुको सहयोगमा धनकुटा स्वास्थ्य कार्यालयले तथ्याङ्क संकलन गर्ने सात वटै पालिकाको सहयोगमा शववाहन खरिद गर्ने निर्णय समेत भएको जिल्ला प्रशासन कार्यालय धनकुटाका नायक सुब्बा रत्न दर्लामीले बताए ।

हालसम्म धनकुटामा कोरोना भाइरसबाट २ जनाको मृत्यु भएको र ७६ जना संक्रमित भएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width