गण्डकी, १६ कात्तिक । पोखराको समग्र पर्यटन प्रवद्र्धनमा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको महत्वपूर्ण भूमिका रहेकामा आज यहाँ आयोजित एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । नेपाल पर्वतारोहण सङ्घको ४७औँ स्थापना दिवसका अवसरमा पोखरा महानगरपालिका–१७ रातोपैह्रास्थित सङ्ग्रहालय परिसरमा आयोजित कार्यक्रममा वक्ताले पर्वतीय पर्यटनको अध्ययन अवलोकनका लागि सङ्ग्रहालय आकर्षक गन्तव्य बनेको बताएका हुन् ।
नेपाल पर्वतारोहण सङ्घका महासचिव कुलबहादुर गुरुङले प्राकृतिक सुन्दरताले युक्त पोखरामा सङ्घद्वारा स्थापना गरी सञ्चालनमा आएको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय छुटाउनै नहुने गन्तव्यका रुपमा विकास भएको बताए । ‘विश्वव्यापीरुपमा पैmलिएको कोरोना भाइरस (कोभिड–१९) को कारण चैत महिनादेखि नै सङ्ग्रहालय बन्द भएको छ’, उनले भने, ‘त्यसबाट सङ्घलाई लाखाँै रुपैयाँ क्षति भएकोे हुनाले साथै कर्मचारी वर्गलाई परेको अप्ठेरोलाई सहज भएसँगै मूल्याङ्कन गरिने छ ।’
मुलुकका विभिन्न २७ वटा हिमचुचुरा र सङ्ग्रहालयको समेत व्यवस्थापन गर्दै आएको सङ्घ यतिखेर ठूलो आर्थिक भार परेको उनको भनाइ छ । सो अवसरमा महासचिव गुरुङले सङ्ग्रहालय परिसरमा निर्माण गरिएको सङ्घका पूर्वध्यक्षहरुको अर्धकदको सालिकमा माल्यार्पण, सङ्घको झण्डोत्तोलन गर्नाका साथै सम्मीको बिरुवा रोपेका थिए ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले पर्वतीय पर्यटनको विकासमा सङ्घले महत्वपूर्ण योगदान गर्दै आएको उल्लेख गर्दै सङ्ग्रहालय पोखराको एउटा छुट्टै गहनाका रुपमा स्थापित भएको विचार व्यक्त गरे । सङ्घका सदस्य हरि लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पर्वतारोहण सङ्घ अन्नपूर्ण शाखा गण्डकी प्रदेशका अध्यक्ष शेषकान्त पौडेल, भावना भुर्तेलले सङ्ग्रहालयको गतिविधिका बारेमा प्रकाश पारेका थिए ।
Related News
सम्बन्धित समाचार
पर्यटक डाक्न आतुर छ म्याग्दीकाे मालिका धुरी
जनप्रियमा ट्रेकिङ गाइड तालिम
पर्यटन व्यवसायीको गुनासो सुन्न सरकारलाई आग्रह
बालुवा डाँडाबाट उड्यो प्याराग्लाइडिङ
सुदुरपश्चिमको पर्यटन विकासका लागि पोखरा पर्यटन व्यवसायी समन्वय गर्न तयार
hero news full width
मुख्य समाचार
ड्यामसाइडदेखि चंखपुरको सेरोफेरो, फेवातालकाे चौघेरो
स्कुल टिकाउन विद्यार्थी वन्धक !
फागुन १६, २०७७नेपालकै ठूलो धनराशिको फुटसल
फागुन १६, २०७७नाइकेको विषयमा कारागार भित्रै झडप
फागुन १६, २०७७संसद बैठकः सत्तापक्षको बेन्च झमेला
फागुन १६, २०७७आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
फागुन १६, २०७७