सांसद विश्वकर्माको भेन्टिलेटरमा उपचार, सहयोगका लागि आग्रह   

रासस
कार्तिक १५, २०७७
min biswokarma

काठमाडौँ, १५ कात्तिक । नेपाली कांग्रेसले कोरोना भाइरसबाट संक्रमित भई यही कात्तिक ९ गतेदेखि उपचार गराइरहेका संघीय सांसद एवं पार्टीका केन्द्रीय सदस्य मीन विश्वकर्माको उपचारका लागि सरकारसँग आग्रह गरेको छ।

सांसद विश्वकर्मा कोरोना भाइरस संक्रमणका कारण अस्वस्थ भई कात्तिक ९ गतेदेखि (वीर र त्यसपछि ग्राण्डी अस्पताल) अस्पतालमा भर्ना भई उपचार गराइरहेका छन्।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोनमार्फत उनको स्वास्थ्यावस्थाबारे जानकारी गराउनुका साथै स्वास्थ्योपचारका लागि सरकारका तर्फबाट आवश्यक सहयोग गरिदिन आग्रह गरे।

नेता खाणले स्वास्थ्य तथा जनसंख्यामन्त्रीलाई समेत सांसद विश्वकर्माको स्वास्थ्योपचारका लागि आवश्यक पर्ने सहयोगका लागि अनुरोध गरेकाे कांग्रेस संसदीय दलले जनाएको छ। सांसद विश्वकर्मामा निमोनिया देखिएको छ।

श्वासप्रश्वासमा समस्या आएको हुँदा धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भेन्टिलेटरमा राखी उपचार भइरहेको संसदीय दलले जनाएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width