सराङकोटमा खानेपानी आयोजना शुरु   

रासस
कार्तिक १५, २०७७
HB_POkhara3

सराङ्गकोट लिप्टिङ खानेपानी आयोजनाको शनिवार शुभारम्भ गर्दै महानगर प्रमुख मानबहादुर जिसी । तस्वीरः हरि बास्तोला, रासस

गण्डकी, १५ कात्तिक । लामो समयदेखि खानेपानीको समस्या भोगेका पोखरा महानगरपालिका वडा नं. १ र २ का उत्तरी भेग तथा वडा नं. १८ का दक्षिणी क्षेत्रका सर्वसाधारणले आगामी एक वर्षभित्र खानेपानीको सुविधा पाउने भएका छन् ।

पहिलो चरणमा तीनवटै वडाका एक हजार घरधुरीमा खानेपानी सुविधा पुर्याउने लक्ष्यका साथ महानरपालिकाको रु दुई करोड ५५ लाख १५ हजार ७०० र नेपाल खानेपानी संस्थान, पोखरा शाखाको रु ८६ लाख सात हजार ७७८ को लागतमा खानेपानी योजनाको काम अघि बढाइएको हो ।

पोखराको खानेपानी वितरण गर्दै आइएको विन्ध्यवासिनीको पानीट्याङ्कीबाट २.८५ किलोमिटर मुख्य पाइपलाईन विस्तार गरी लिफ्टिङ् प्रविधिबाट सराङकोटमा जम्मा गरी वितरण गर्न लागिएको हो ।

सो खानेपानी योजनाको आज शुभारम्भ गर्दै महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले खानेपानीको पहुँचमा सम्पूर्ण महानगरवासीलाई पुर्याउने लक्ष्यअनुरुप योजना अघि बढाइएको बताए।

“जनताले तिरेको करबाट खानेपानी योजनाका लागि आर्थिक सहयोग गरेको हो”, प्रमुख जिसीले भने,“महानगरले योजना सम्पन्न गर्ने संस्थानले पानीको शुल्क लिने व्यवस्थाको अन्त्य गरि एकद्वार प्रणाली आवश्यक छ ।”

पोखरा महानगरपलिका वडा नं १ का वडाध्यक्ष शारदा पराजुली, २ का रामेश्वर मल्ल र १८ का रणबहादुर थापाले वडाभित्र लामो समयदेखि स्थानीयवासीले भोग्नुपरेका खानेपानीको समस्या योजना सम्पन्न भएसँगै समाधान हुने विश्वास व्यक्त गरे।

नेपाल खानेपानी संस्थानका प्रतिनिधि वसन्त भण्डारीले योजना तोकिएकै समयमा सम्पन्न हुने विश्वास व्यक्त गर्दै संस्थाले महानगरका १९ वटा वडामा खानेपानीको सुविधा पुर्याउँदै आएको र अन्य वडाहरुमा पनि शुद्ध खानेपानीको व्यवस्था गरिने जानकारी दिए।

सराङकोट खानेपानी आयोजना समन्वय समितिका संयोजक दिनेश श्रेष्ठका अनुसार सो योजना सम्पन्न भएसंगै वडा नं. १ को सिमपानी, २ को हिमालीटोल र १८ का अधेरीकुना, थम्की, लामाखेर, लामागाउँ, मिरुवा, घरेलु, पिपलडाँली, विन्ध्यश्वरीपाखा, र पोखरावेशीका वासिन्दालाई खानेपानी सुविधा पुग्नेछ ।

सराङकोटस्थित घरेलुमा ७५ हजार र ठोट्नेखोला सामुदायिक वनको जौवारीमा निर्माण गरिने पाँच लाख लिटर क्षमताको छुट्टाछुट्टै दुई पानीट्याङकीबाट ८.९२ किलोमिटर वितरण लाइन विस्तार गरिने उनले जानकारी दिए।

महानगरपालिकाअन्तर्गतको योजना आगामी २०७८ आसोजमा सम्पन्न गर्ने गरी कृपा कन्स्टक्सन भरतपुर चितवन र २०७८ असार महिनामा सक्ने गरी संस्थानको पराजुली, सावित्री नौघरे जेभी निर्माण कम्पनीसँग सम्झौता गरिएको छ ।

प्रदेश सरकारले शुरु गरेको ‘एक घरः एक धारा’ अभियानलाई आयोजनाले सहयोग पुग्ने विश्वास लिइएको छ।

Related News

सम्बन्धित समाचार

  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…

hero news full width