थप दुई हजार ५०८ जनामा कोरोना, १७ काे मृत्यु

रासस
कार्तिक १५, २०७७
covid 19 corona banner

काठमाडौँ, १५ कात्तिक । पछिल्लो २४ घन्टामा मुलुकभर दुई हजार ५०८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नौ हजार दुई सय ७९ मा पिसिआर परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण देखिएको हो । आजैको विवरणमा दुई हजार दुई सय ६४ जना निको भएका छन् । अहिलेसम्म एक लाख ३१ हजार २२२ जना निको भएका छन् । निको हुने दर ७६.९ प्रतिशत रहेको छ ।

सङ्क्रमितमध्ये नौ सय ७६ महिला र एक हजार ५३२ पुरुष रहेका छन् । आज देखिएका सङ्क्रमितसँगै सङ्क्रमण हुनेको संख्या एक लाख ७० हजार ७४३ पुगेको छ भने सक्रिय सङ्क्रमित ३८ हजार ५८४ पुगेका छन् ।

काठमाडौमा उपत्यकामा आज एक हजार ३५७ जना सङ्क्रमित देखिएका छन् । यस्तै भेन्टिलेटरमा प्रदेश नं. १ मा नौ जना, वागमति प्रदेशमा ५२ जना, गण्डकी प्रदेशमा तीन जना, लुम्बिनी प्रदेशमा चार जना र सूदुरपश्चिम प्रदेशमा एक जना उपचार गराइरहेका छन ।

पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्लामा झापा, मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी (पूर्व) दाङ, रुपन्देही र कैलाली छन् । शून्य सङ्क्रमित भएका जिल्लामा मुस्ताङ, मनाङ र बाजुरा रहेका छन् ।

१७ मृत्यु 
यसैगरी आज १७ जनाको सङ्क्रमितको मृत्यु भएको छ । अहिलेसम्म ९३७ जनाको सङ्क्रमणबाट निधन भएको मन्त्रालयले जनाएको छ । सङ्क्रमणबाट निधन हुने कुल सङ्क्रमितको ०.५ प्रतिशत रहेको छ ।

Related News

सम्बन्धित समाचार

  • रोजगार खोज्दै मेलामा

    विजय नेपाल वैशाख १२, २०८१
    पोखरा । पोखरा मालेपाटनकी ४० वर्षीया संगीता केसीले केही नोकरी पाइन्छ कि ? भन्दै मंगलबार एक स्टल सञ्चालकसमक्ष जिज्ञासा राखिन्…
  • कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    चितवन । चितवनमा रहेका २ हात्ती कतारलाई उपहारस्वरुप पठाउने तयारी गरिएको छ । कतारका अमीर (राजा) शेख तमिम बिन हमाद…
  • फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटनामा परेका ५ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । दिउँसो करिब ३…
  • लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई

    विजय नेपाल वैशाख ११, २०८१
    वाद होइन, परिवर्तन र विकासमा प्रतिस्पर्धा जरुरी गिरधारी सुवेदी अधिवक्ता । २०६२/०६३ को जनआन्दोलन पश्चात् नेपाली नागरिकको पहिलो अपेक्षा रोजगार,…
  • कामचलाउ सरकारको आयु लम्बियो

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकीमा खगराज अधिकारी नेतृत्वको कामचलाउ सरकारको आयु लम्बिएको छ । उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई नसकिएपछि…

hero news full width