तनहुँ, १५ कात्तिक । तनहुँको व्यास नगरपालिकाभित्रका विद्यालयमा मङ्सिर ३ गतेदेखि औपचारिकरूपमा कक्षा सञ्चालन हुने भएका छन् । नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको व्यासनगर शिक्षा समितिको बैठकले सो निर्णय गरेको हो ।
बैठकले मङ्सिर २ गतेसम्म भने वैकल्पिक विधिमार्फत मात्रै पढाइ सञ्चालन गर्न दिइने निर्णय गरेको छ । कोभिड–१९ को प्रभाव र विद्यालय सञ्चालन सम्बन्धमा समीक्षा गरी सो निर्णय भएको व्यास नगरपालिका शिक्षा तथा सामाजिक विकास शाखा कार्यक्रम अधिकृत सन्तोष गोदारले जानकारी दिए ।
हाल मौसमी परिवर्तनका कारणले समुदायमा रुघाखोकीको प्रकोप देखिएको र विद्यामान मौसमी सङ्क्रमणको कारणले कोभिड–१९ विस्तारित हुनसक्ने विज्ञहरुको राय रहेकाले सो निर्णय गरिएको उनले बताए । अभिभावकहरुलाई आ–आफ्नो बालबालिकालाई विद्यालयमा पठाउँदा स्वास्थ्य संवेदनशीतालाई धयानमा राखी स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरिएको छ ।
त्यसैगरी कक्षा ११ सञ्चालन भएका विद्यालयले स्वास्थ्य मापदण्ड पालना गरी पूर्वनिर्धारित तालिकाअनुसार परीक्षा सञ्चालन गर्न निर्देशन दिएको छ । बैठकमा उपप्रमुख, शिक्षा समितिका सदस्य, सामुदायिक तथा निजी विद्यालयका पेशागत एवं सङ्गठनका प्रतिनिधि, स्थानीय विद्यालय, कलेजका प्रतिनिधिको सहभागिता थियो ।
Related News
सम्बन्धित समाचार
कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई
गण्डकी सरकारविरुद्दको मुद्दा हेर्दाहेर्दैमा, आज टुंगो लागेन
कतारी राजा नेपाल आउने दिन भोलि सार्वजनिक बिदा
hero news full width
मुख्य समाचार
कामचलाउ सरकारको आयु लम्बियो
गण्डकी सरकार विरुद्धको रिट सपना र सारंगाको बेन्चमा
वैशाख १०, २०८१मुग्लिन–पोखरा सडक विस्तार : म्याद सकियो, काम अधुरै
वैशाख १०, २०८१कास्कीका सहकारी पीडित एउटै मोर्चामा : बन्यो संयुक्त संघर्ष समिति
वैशाख १०, २०८१अधिकारी सरकारको भविष्य के होला ? सर्वाेच्चमा सुनुवाइ आज
वैशाख १०, २०८१कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
वैशाख ९, २०८१