टिका र जमरा लगाउदै चिल्ड्रेन–नेपालका संस्थापक अध्यक्ष एबम कार्यकारी निर्देशक रामचन्द्र पौडेल
पोखरा, १४ कार्तिक । अन्नपुर्ण गाँउपालिका –१ लेवाडे स्थित चिल्ड्रेन–नेपालको फुलबारी स्रोत केन्द्रमा राखिएका सडक बालबालिकाहरुसँगै संस्थाका संस्थापक अध्यक्ष एबम कार्यकारी निर्देशक रामचन्द्र पौडेलले टीका र जमरा लगाई दशैं मनाए।
२०७६ चैतमा बिश्व महामारीको रुपमा फैलिएको कोभिड १९ बाट सुरक्षित गर्ने उद्धेश्य सहित पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जि.सी. को अगुवाईमा पोखराका सडकबाट बालबालिकाहरुको उद्धार गरि केन्द्रमा राखिएको थियो ।
सडक संस्कृतिबाट पारिवारिक र सामाजिक सुसंस्कृत रुपले रुपान्तरित हुदैँ गएका सडक बालबालिकाहरुलाई टिका र जमरा लगाउँदै संस्थाका संस्थापक अध्यक्ष एबम कार्यकारी निर्देशक रामचन्द्र पौडेलले नेपालीहरुको महान पर्ब बिजया दशमीको अवसरमा संस्कार र संस्कृतिको जगेर्ना गर्ने कुरा बताउदै बिजया दशमीको महत्व माथि प्रकाश पारे ।
बिशेष गरी आफ्नो ख्याल र अरुको सम्मान गर्न सकेमा स्वतः अगाडी बढ्नको लागी उर्जा आउने कुरामा जोड दिदैं यस पर्बले असल कुरा सिक्दै सहि मार्गमा हिड्न बालबालिकाहरुलाई प्रेरित गरोस् भन्दै शुभकामना दिए।
टिका र जमरा लगाए पश्चात बालबालिकाहरुले खुशी हुँदै घर परिबारको सम्झना मेटाइदिएकाेमा धन्यबाद दिए भने परिस्थितीले बाटो बिराए पनि आगामी बर्षको बिजया दशमी घरपरिबार सँग बसेर मनाउने कुरा बताए।
१८ जना बालबालिकाहरु मध्ये ७ जनाको परिवार पुनर्मिलन गराई सकिएको र अन्यको पनि परिवार वा समुदायको खोजी भईरहेको चिल्ड्रेन–नेपालले जनाएकाे छ। साथै पोखराका सडकमा रहेका बालबालिकाको उद्धार गरि केन्द्रमा लैजानकाम पनि भईरहेको चिल्ड्रेन–नेपालले बताएकाे छ।
कार्यक्रममा चिल्ड्रेन–नेपालका सह–संयोजक रमेश सुबेदी र केन्द्रका सुरक्षाकर्मी प्रकास बोहराले पनि बालबालिकाहरुलाई बिजया दशमीको शुभकामना आदान प्रदान गरेका थिए।
Related News
सम्बन्धित समाचार
प्रजातन्त्र सेनानी दयाप्रसाद मर्सानीको निधन
शिवमायालाई ललित गौचन समाजसेवा सम्मान
हाजिरीजवाफमा चिल्ड्रेन्स एकेडेमी प्रथम
फेवाताल पुर्ने गतिविधि तत्काल रोक्न माग
मुद्दा मिलाउने भन्दै १ करोड माग्ने पक्राउ
hero news full width
मुख्य समाचार
सुनसान ‘अष्ट्रेलियन क्याम्प’ अझै
नेकपा एकीकरणमा सर्वोच्चको धक्का : गण्डकी सरकार हाइसञ्चाेमा
फागुन २५, २०७७वालिङ महिलाले सामूहिक काम गरेर मनाए नारी दिवस
फागुन २४, २०७७धुम्बाराहीमा पूर्ववत् एमाले मुख्यालय
फागुन २४, २०७७जब देवघाटमा पत्नीले पतिलाई बाेकेर कुदे…
फागुन २४, २०७७पोखराको टुँडिखेलमा भेट्रान्स फुटबलको रौनक
फागुन २४, २०७७