पछिल्लो २४ घण्टामा देशभर १६ मृत्यु, कुल मृतककाे संख्या ९२० पुग्याे

आदर्श समाज सम्वाददाता
कार्तिक १४, २०७७
covid

कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा देशभर थप १६ जनाको मृत्यु हुँदा कुल मृतकको संख्या ९२० पुगेको मन्त्रालयले शुक्रबार जनाएको छ ।

शुक्रबार देशभर ३५१७ कोरोनाभाइरस संक्रमित थपिएका छन् । जसमा काठमाडौं उपत्यकामा मात्र १८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर संक्रमितको कुल संख्या १ लाख ६८ हजार २३५ पुगेको छ भने निको हुनेको संख्या १ लाख २८ हजार ९५८ पुगेको छ।

पछिल्लो २४ घण्टामा निको हुनेको संख्या ४ हजार ९६ रहेको छ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमित ३८ हजार ३५७ जना रहेका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width