तनहूँ, १४ कार्तिक । लियो क्लब अफ तनहूँले व्यास ५ पराशरमा रहेको जेष्ठ नागरिक चौतारी वृद्धाश्रममा जाडोका लागि न्यानो कपडा वितरण गरेको छ । क्लबको १३ औं चार्टर डेको अवसरमा आश्रममा रहेका वृद्धवृद्धाहरुको लागि १५ थान न्यानो कपडा वितरण गरेका हुन्।
क्लबका अध्यक्ष प्रवेश पोख्ररेलले आश्रम सञ्चालक समितिका उपाध्यक्ष बलबहादुर रानाभाटलाई न्यानो कपडा हस्तान्तरण गरे । क्लबका अध्यक्ष पोख्ररेलले समाजका असहायका लागि लियोले गरेको यस कार्यक्रमले थोरै भए पनि दुखमा मल्हम लगाएको बताए। उनले भने, ‘क्लबको १३ औं चार्टर डेको अवसरमा वृद्धवृद्धालाई जाडोबाट बच्नको लागि न्यानो कपडा वितरण गरेका हौं।’ उनले थपे, ‘ चिसो मौसमका कारण वृद्धवृद्धालाई प्रतिकूल असरबाट जोगाउन न्यानो कपडा वितरण गरिएको हौं।’
क्लबले विगतमा पनि विभिन्न सामाजिक कार्यहरु गदै आईरहेको पनि उनले बताए । यस्तै आश्रमका समितिका उपाध्यक्ष रानाभाटले लियोले गरेको सहयोगको धन्यवाद दिँदै आगामी कार्यक्रमको सफलताको लागि शुभकामना दिए। उनले भने,‘जाडो लाग्न सुरु भएको छ । अब न्यानो कपडाको पनि आवश्यक परेको बेलामा लियोले सहयोग गर्यो।’
उक्त आश्रममा १३ जना वृद्धवृद्धाहरु बसोबास गदै आईरहेको उनले बताए । दाताको भरमा चलेको आश्रममा विभिन्न संघसंस्थाहरुबाट पनि सहयोग आईरहेको उनले बताए । उक्त कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष सुनिल मिश्र, तृतिय उपाध्यक्ष बसन्ती थापा, कोषाध्यक्ष रोविन श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
Related News
सम्बन्धित समाचार
फेवातालको क्षेत्रफल ११२५५ रोपनी
ग्रामीण क्षेत्रमा सडक कालोपत्रे
नेपाल–भारत मैत्री संघको साधारण सभा
सुत्केरीलाई तेल, कुखरा र न्यानो कपडा
पुरोहितले अब उमेर हेरेर मात्र विवाह गराउने
hero news full width
मुख्य समाचार
मापसे चेकिङ गर्न ट्राफिकलाई कोरोनाको त्रास
बिरामी बाेकेकाे जिप दुर्घटना हुँदा १ को मृत्यु, ४ घाइते
फागुन १४, २०७७कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष : नेकपा फुटेको छैन, हतारमा निर्णय नगरौँ
फागुन १३, २०७७पोखराको फुटपाथ र पार्किङ व्यवस्थापन गर्न पाेउवा संघले बुझायो ज्ञापनपत्र
फागुन १३, २०७७नेपाली खानालाई विश्वभर पस्किँदैछुः सन्तोष साह
फागुन १३, २०७७काठमाडौंमा राजनीतिक हावाहुरी, पाेखरामा भने सुनसान
फागुन १३, २०७७