निरन्तर सुझाव र आलोचना दिन पत्रकारलाई अर्थमन्त्रीको आग्रह   

रासस
कार्तिक १४, २०७७
CKK-KTM-GyapanPatra

अर्थ मन्त्रालयमा बिहीबार अर्थमन्त्री बिष्णुप्रसाद पौडेललाई नेपाल पत्रकार महासंघका पदाधिकारीहरु १३ बुँदे सुझाव पत्र बुझाउने कार्यक्रममा सहभागी हुँदै । तस्वीरः चन्द्रकला क्षेत्री, रासस

काठमाडौँ, १४ कात्तिक ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थमन्त्री पौडेलले लोकतन्त्रमा मिडियालाई चौथो अङ्गका रुपमा लिइने भएकाले सरकारका गतिविधिलाई निरन्तर नियालेर सुझाव र आलोचना दिन आग्रह गरेका छन्।

उनले मिडियाको निगरानीपूर्ण आँखाले सरकारलाई जनताको पक्षमा काम गर्न मद्दत गर्ने धारणा व्यक्त गर्दै मिडिया र पत्रकारलाई प्रोत्साहन, सहकार्य र सहयोग आदान–प्रदान गरी सरकार अघि बढ्ने स्पष्ट गरे।

पत्रकारको हकहित, प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रतालगायतका विषयमा नेपाल पत्रकार महासङ्घका १३ बुँदे सुझावपत्र बिहिवार सिंहदरबारस्थित मन्त्रालयमा बुझ्दै मन्त्री पौडेलले पत्रकारको हकहित, प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रतालगायतका विषयमा महासङ्घसँग घनिष्ठ सम्बन्ध राखेर अघि बढ्ने बताए।

महासङ्घका अध्यक्ष गोविन्द आचार्य नेतृत्वको टोलीले उक्त सुझाव बुझाएको थियो । अध्यक्ष आचार्यले कोराना भाइरसले उत्पन्न गरेको जटिल स्थितिमा पनि अग्रमोर्चामा रहेर जिम्मेवारी बहन गरिरहेका सञ्चारकर्मी र सञ्चार प्रतिष्ठानमा परेको प्रभाव र असरबाट उत्पन्न समस्या सम्बोधनका लागि अल्पकालीन र दीर्घकालीन योजना तयार गर्न आग्रह गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width