गुरुङ हत्याका आरोपित ४ पक्राउ

आदर्श समाज सम्वाददाता
कार्तिक १३, २०७७
4 aaroppit

स्याङ्जा, १३ कात्तिक । पुतलीबजार नगरपालिका ६ टक्सारका २९ वर्षीय सूर्यबहादुर गुरुङका हत्याका आरोपित ४ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा टक्सारका ३३ वर्षीय इन्द्रजित गुरुङ, ३४ वर्षीय गिरेप्रसाद गुरुङ, २४ वर्षीय किङकङ गुरुङ र २८ वर्षीय सन्तोष गुरुङ रहेका छन् ।

दशैंको दिन (सोमबार) रातको ११ बजे टक्सारको दाङलिङ —कोलडाँडा हुँदै पुरीस्वाँरातर्फ मोटरसाइकलमा होहल्ला गर्दै आएका युवाहरुलाई कोलडाँडामा मादक पदार्थ सेवन गरी बसेका युवाहरुले पछाडीबाट आक्रमण गरेको प्रहरीले जनाएको छ ।

झडपका क्रममा पुरीस्वाँरा निवासी सूर्यबहादुर गम्भीर घाइते भएको र उपचारका क्रममा मणिपाल अस्पतालमा उनको बुधवार मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।

मृतकको शव पोष्टमार्टमपछि परिवारलाई बुझाइएको र कुटपिट गरी हत्याको आरोपमा पक्राउ परेका ४ जनालाई नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width