देशभरमा दुई हजार ३६४ जना सङ्क्रमित थपिए, १७ को मृत्यु

रासस
कार्तिक १३, २०७७
covid 19 corona banner

काठमाडौै, १३ कात्तिक । देशभरमा आज दुई हजार ३६४ जना सङ्क्रमित थपिएका छन्। आज थपिएका सङ्क्रमितमध्ये पुरुष एक हजार ३८० र महिला ९८४ जना छन् ।

आजसम्म एक लाख २४ हजार ८६२ सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आजसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या ३८ हजार ९५२ पुगेको मन्त्रालयले जनाएको छ । यो जम्मा सङ्क्रमितमध्ये २३ दशमलव ६ प्रतिशत छ ।

देशभर हालसम्म सङ्क्रमितको सङ्ख्या एक लाख ६४ हजार ७१८ पुगेको छ । सक्रिय सङ्क्रमितमध्ये हाल ३१ हजार ८९८ होम आइसोलेशनमा छन् । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा नौ हजार ७६९ नमूना परीक्षण भएको थियो । हालसम्म १४ लाख १९ हजार ६४ नमूना परीक्षण भइसकेको छ । हालसम्म पिसिआर परीक्षणमध्ये सङ्क्रमण दर ११ दशमलव ६ प्रतिशत छ । क्वारेन्टिनमा रहेकाको सङ्ख्या दुई हजार ६८९ छ ।

प्रदेशअनुसार होम आइसोलेशनमा रहनेको सङ्ख्या प्रदेश नं १ मा छ हजार १८३, प्रदेश नं २ मा एक हजार एक, वाग्मती प्रदेशमा १८ हजार ७६, गण्डकी प्रदेशमा एक हजार ३२६, लुम्बिनी प्रदेशमा तीन हजार ७४१, कर्णाली प्रदेशमा ५७३ र सुदूरपश्चिम प्रदेशमा ९९८ छ ।

देशभरमा आज ३०४ सङ्क्रमित सघन उपचार कक्षमा छन् । प्रदेश १ मा ३६, प्रदेश २ मा १३, वाग्मतीमा १८४, गण्डकीमा १३, लुम्बिनीमा ४९, कर्णालीमा चार र सुदूरपश्चिम प्रदेशमा पाँच सङ्क्रमित सघन उपचार कक्षमा छन् । त्यस्तै प्रदेश १ मा १०, प्रदेश २ मा दुई, वाग्मतीमा ५७, गण्डकीमा दुई र लुम्बिनीमा पाँच गरी जम्मा ७६ सङ्क्रमित भेण्टिलेटरमा छन् ।

१४ जिल्लामा पाँच सयभन्दा बढी सङ्क्रमित    
आजसम्म देशभरका ७७ मध्ये १४ जिल्लामा सङ्क्रमित पाँच सयभन्दा बढी छन् भने मुस्ताङमा शून्य छ । पाँच सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा झापा, मोरङ, सुनसरी, मकवानपुर, काभ्रेपलाञ्चोक, चितवन, ललितपुर, काठमाडौँ, भक्तपुर, कास्की, नवलपरासी(बर्दघाट सुस्तापूर्व), रुपन्देही, दाङ र कैलाली छन् ।

१७ को मृत्यु    
पछिल्लो २४ घण्टामा कोभिडका कारण थप १७ जनाको मृत्यु भएसँगै देशभरमा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ९०४ पुगेको छ ।
सङ्क्रमणका कारण मृत्यु हुने शून्य दशमलव ६ प्रतिशत हो ।

Related News

सम्बन्धित समाचार

hero news full width