धान खेतमा स्मार्ट लाइसेन्स   

rss रासस
कार्तिक १३, २०७७
smart license

धनुषा, १३ कात्तिक । प्रदेश नं २ को अस्थायी राजधानी जनकपुरधामको मुजेलियास्थित यातायात कार्यालयको स्मार्ट सवारी चालक अनुमतिपत्र धान खेतमा फालिएका अवस्थामा फेला परेको छ ।

यातायात व्यवस्था विभागबाट बनेर तयार भएर आएका लाइसेन्स जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित यातायात कार्यालयदेखि झण्डै दुई सय मिटर पश्चिमतर्फ रहेको खेतमा धान काट्न गएका महिलाले फेला पारेका हुन् ।

उनीहरुले लाइसेन्स संकलन गरेर यातायात कार्यालयलाई बुझाएका छन् ।

धानखेतमा लाइसेन्स फेला परेको स्थान देखाउँदै एक महिलाले भनिन्, ‘बुधबार दिउँसो धान काट्न आउँदा खेतमा जताततै लाइसेन्स छरिएको अवस्थामा देख्यौंँ, सबै संकलन गरेर यातायातका कर्मचारीलाई बुझाएका छौंँ ।’ यातायात कार्यालयमा राखिएको लाइसेन्स धान खेतमा फेला परेपछि कार्यालयको सुरक्षामाथि नै प्रश्न उठेको छ ।

यातायात कार्यालय जनकपुरधामका अधिकृत वीरेन्द्र साहले लाइसेन्स धान खेतमा फेला परेको स्वीकार गर्दै तीन सय थान जति भेटिएको जानकारी दिए। अधिकृत साहले भने, ‘कसैले गलत नियत राखेर लाइसेन्स फालेको हुन सक्छ । यसबारे जिल्ला प्रशासन कार्यालय धनुषालाई जानकारी गराएका छौंँ ।’

यातायात कार्यालय जनकपुरधाममा दलाल र बिचौलियाको सहज पहुँच छ । तिनले लाइसेन्ससहितका कागजात बोकेर आफूखुशी ओहोरदोहोर गरे पनि यातायात कार्यालयका कर्मचारी मूकदर्शक बन्ने गरेको सेवाग्राही बताउँछन् ।

Related News

सम्बन्धित समाचार

    • कारागारमा कुटपिटपछि २५ कैदी रातारात सारियाे

      सविन लामिछाने सविन लामिछाने फागुन १७, २०७७
      दमौली । नाइकेको विषयमा उत्पन्न विवादले उग्ररुप लिएपछि जिल्ला कारागार तनहुँबाट २५ कैदीबन्दी स्थानान्तरण गरिएको छ । आइतबार अपराह्न कारागारभित्र…
    • स्कुल टिकाउन विद्यार्थी वन्धक !

      Avatar आदर्श समाज सम्वाददाता फागुन १६, २०७७
      पोखरा । बालबालिकालाई शारीरिक र मानसिक यातना दिएको आरोपमा मादी गाउँपालिका वडा ६ बाट एक शिक्षक पक्राउ परेका छन् ।…
    • नाइकेको विषयमा कारागार भित्रै झडप

      सविन लामिछाने सविन लामिछाने फागुन १६, २०७७
      दमौली  । कारागारमा नाइकेको विषयलाई लिएर विवाद  हुँदा आइतबार तनहुँ जिल्ला कारागारमा २ कैदी समूहबीच झडप हुँदा  ६ जना  घाइते…
    • बलात्कारीलाई १८ वर्ष कैद

      rss रासस फागुन १४, २०७७
      सप्तरी, १४ फागुन । तेह्र वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा राजविराज नगरपालिका–४ का २२ वर्षीय आसमान निरालेलाई जिल्ला अदालतले १८…
    • ‘भवितव्य’ भनिएको घटना हत्या   

      rss रासस फागुन १३, २०७७
      विराटनगर । मोरङको उर्लाबारीमा गत पुस ५ गते भएको हत्याका घटनामा प्रहरीले कडाइका साथ अनुसन्धान शुरु गरेको छ । साथीसँगै…

    hero news full width

    sanil ads

    wordlink ads