महामारीबीच भारतको बिहारमा पहिलो चरणको निर्वाचन

रासस
कार्तिक १२, २०७७
Virus Outbreak India Election

भारतको बिहारस्थित पालिगंजको निर्वाचन स्थलमा सुरक्षा दिँदै सुरक्षाकमी एवं मतदातहरु । तस्विर :अफ्ताब आलम सिद्दिकी /एपी

पटना,  कात्तिक १२  :  बिहारमा विधानसभाका लागि बुधबार पहिलो चरणको निर्वाचन भयो । बिहारमा तीन चरणमा चुनाव हुँदैछ ।

पहिलो चरणमा ७१ पदका लागि एक हजार ६६ जना उम्मेदवार चुनावी मैदानमा रहेको निर्वाचन आयोगले जनाएको छ । ती मध्ये ९५२ जना पुरुष र १५५ जना महिला रहेका छन् ।

बिहानैदेखि भएको मतदानमा कोरोनाभाइरसबाट जोगिन मतदाताहरुलाई आधारभूत मापदण्डहरु अपनाउन आह्वान गरिएको थियो ।

बुधबार मतदान भएको क्षेत्रमा कुल दुई करोड १४ लाख ८४ हजार ७८७ जना बैध मतदाता रहेका छन् । ती मध्ये पुरुष एक करोड १२ लाख ७६ हजार ३९६ जना र महिला एक करोड एक लाख २९ हजार १०१ रहेको आयोगले जनाएको छ ।

निर्वाचन सम्पन्न गराउन ७८ हजार ६९१ जना निर्वाचन कर्मचारी खटिएका  थिए । बिहार राज्य अन्तर्गतका १६ जिल्लामा निर्वाचन भएको हो ।

भारतमा कोरोनाभाइरसको महामारी चलिरहेकै बेला पहिलो पटक निर्वाचन  भएको हो । ।

Related News

सम्बन्धित समाचार

hero news full width