पोखरा, कात्तिक १२: नेपाल टेलिकम पोखराले कास्कीको चर्चित मर्दी हिमाल पदयात्रामा फोन र इन्टरनेट सेवा विस्तार गरेको छ ।
माछापुच्छ्रे गाउँपालिका–९ स्थित तीन हजार ५५० मिटरको उचाईको ‘हाईक्याम्प’मा टावर स्थापना गरी फोन र इन्टरनेट सेवा शुरु गरिएको नेपाल टेलिकम पोखराका कार्यालय प्रमूख नरेन्द्रमान सिंह महर्जनले जानकारी दिए ।
विद्युत नभएकोले सोलार प्रणालीबाट ‘टूजी’ र ‘थ्रीजी’ मोवाईल सेवा सञ्चालन गरेको र यसबाट तीव्र गतिको ईन्टरनेट चलाउन तथा कुराकानी गर्न सकिनेछ । त्यहाँ ‘ओम्नी एन्टेना’ जडान गरिएको छ ।
मर्दी पदयात्रामा टेलिकमको सेवा विस्तारसँगै विश्व प्रसिद्ध अन्नपूर्ण आधार शिविर र माछापुच्छ्रे नमूना पदयात्रामा जाने पर्यटक लाभान्वित हुने सोही क्षेत्रमा पर्यटन व्यवसायमा आवद्ध सुदीप गौतम बताउँछन् ।
पोखरा बजारदेखि उत्तरतर्फको मर्दी हिमालको काखसम्म पुग्न माछापुच्छ्रे–९ सिदिङसम्म जीपमा पुग्न सकिन्छ जहाँबाट पैदलयात्रा शुरु हुन्छ । पोखराबाट पाँच देखी छ दिनको प्याकेजमा मर्दी बेसक्याम्प पुगेर फर्किन सकिन्छ ।
Related News
सम्बन्धित समाचार
ट्रक ठोकिँदा दुईजनाको मृत्यु
प्रदेश सरकार भूमिहीन, संघको जग्गामा पहिलाे भवन शिलान्यास
काठमाडौंमा राजनीतिक हावाहुरी, पाेखरामा भने सुनसान
ग्रामीण क्षेत्रमा सडक कालोपत्रे
संसद पुनर्स्थापनापछि विजय र्याली
hero news full width
मुख्य समाचार
फेवातालको विवरण पहिलोपल्ट राजपत्रमा, माटो निकाल्ने कार्य सुरु
कारागारमा कुटपिटपछि २५ कैदी रातारात सारियाे
फागुन १७, २०७७प्रधानमन्त्री ओलीलाई सुरक्षा थ्रेट !
फागुन १७, २०७७बेवारिसेका अभिभावक विद्यालय
फागुन १७, २०७७प्रधानमन्त्रीले शिलान्यास गरे प्रदेश प्रशिक्षण प्रतिष्ठान
फागुन १७, २०७७ड्यामसाइडदेखि चंखपुरको सेरोफेरो, फेवातालकाे चौघेरो
फागुन १७, २०७७