पोखरामा ९८ जनासहित गण्डकी प्रदेशमा थप १५५ जनामा कोरोना संक्रमण पुष्टि

आदर्श समाज सम्वाददाता
कार्तिक १२, २०७७
Gandaki-Map

पोखरा, कात्तिक १२ : गण्डकी प्रदेशमा आज थप १५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ६,९४५ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।

संक्रमित हुनेमा कास्कीका ९८ जना, स्याङजाका १३ जना, बाग्लुङका २ जना, तनहूँका १४ जना, गोरखाका ११ जना, नवलपुरका १६ जना र मुस्ताङका एक जना रहेका छन् । कास्कीका सबै संक्रमित पोखरा महानगरभित्रका हुन् ।

यस्तै प्रदेशमा दुई जना कोराना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखाकी १९ वर्षीया महिला र नवपुलकरका ५४ वर्षीया पुरुष छन् । दुबै जनाको मृत्यु उपचारको क्रममा बाग्मती प्रदेश स्थित चितवनका दुई अस्पतालमा भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width