फाइल तस्विरः सुरज हजारे दाहल /इआदर्श
देवेन्द्र कार्की (रासस),धरान, कात्तिक ११: पूर्वको प्रसिद्ध शक्तिपीठ दन्तकाली मन्दिरको यस वर्षको नौरथामा भेटी घटेको छ । धरान–१४ विजयपुर डाँडास्थित मन्दिरमा ५१ वर्षदेखि दशैँको नौ दिन ठूलो मेला लाग्ने गरेको थियो । दैनिक पाँच हजारभन्दा बढी मानिस घुम्न तथा पूजाआजा गर्न आउने गरेका थिए ।
यस वर्ष कोरोना महामारीका कारण संघीय तथा स्थानीय सरकारले मन्दिरमा पूजाराधनामा बन्देज लगाएपछि नौरथामा मात्र मन्दिरलाई झण्डै रु ६ लाख घाटा भएको मन्दिरका मूल पूजारी विश्वराज खनालले जानकारी दिए ।
प्रदेश नं १ को धरानमा अधिक कोरोना संक्रमण फैलिएको छ । संक्रमित र मृत्यु हुनेको संख्या बढ्दो छ । सोही कारणले बडादशैंमा नित्यपूजा तथा विशेष पूजामा पुजारीबाहेक कसैलाई पनि प्रवेश गर्न नदिइएको भएको धरान उपमहानगरपालिका १४ नं वडाध्यक्ष कृष्ण भट्टराईले जानकारी दिए ।
उनका अनुसार दन्तकालीमा यस पटक विगत जस्तो नवरात्रिको बढाइँ भएन । फूलपातीको पनि विधि मात्र पूरा गरियो । यसैगरी बलि पनि मन्दिर समितिका तर्फबाट मात्र गरिएको छ । मन्दिरका तर्फबाट र वडा कार्यालयले सूचना प्रकाशन गरी मन्दिरमा नजान र घरमै पूजा गर्न भक्तजन तथा सर्वसाधारणलाई आग्रह गरिएको थियो ।
‘दशैंको नौरथामा घुम्न आउने तथा पूजा गर्न आउनेबाट मात्र दैनिक रु ५०÷६० हजार आम्दानी हुने गरेको थियो’, मूल पुजारी खनालले भने, ‘यस वर्ष कोही आउन पाएनन् । हाम्रो आम्दानी गुम्यो ।’
मन्दिर परिसरमा नौरथामा मात्र दैनिक एक लाख भन्दा बढीको पूजा सामग्री, खेलौना, मन्दिरका चिनारी तस्वीर, नरिवल, बेलुनलगायत सामग्री बिक्रीबाट आम्दानी हुने गरेको थियो । कोरोनाका कारण मन्दिर परिसरमा व्यवसाय गर्दै आएका व्यापारीको पनि व्यापार चौपट भएको स्थानीयवासी दुर्गा भुजेल बताउँछन् ।
मूल पुजारी खनालका अनुसार महाअष्टमीमा भक्तजनले बोका, राँगा र हाँसको बलि दिने गरेका थिए । एक सयदेखि दुई सयसम्म पशुपक्षीको बलि दिँदै आए पनि यस वर्ष भक्तजन आएनन् । विधि र प्रक्रिया पु¥याउन नौ दिन नै दैनिक पशुबलि दिने गरिन्छ । अन्य समयमा पनि १५÷१५ दिनमा बोकाको बलि दिने परम्परा छ ।
सात महिनादेखि सर्वसाधारणलाई मन्दिर प्रवेशमा रोक लगाइएका कारण आम्दानी शून्य हुँदा व्यवस्थापन समिति घाटामा गइरहेको पुजारी खनाल बताउँछन् । ‘पन्ध्र दिनमा बलि नदिँदा अनिष्ट हुने गरेको छ । त्यही भएर हामीले नियमित बलि दिने गरेका छौंँ ’,पुजारी खनालले भने । सत्ययुगमा पार्वतीको दाँत पतन भएका स्थानमा दन्तकाली माताको उत्पति भएको किंवदन्ती पाइन्छ ।
यो कुरा श्रीस्वस्थानी कथामा समेत उल्लेख गरिएको छ । यहाँ बलि दिँदा र पूजाराधना गर्दा मनमा चिताएको पुग्ने विश्वासले हजारौँ भक्तजनले टाढाटाढाबाट आएर पशुपक्षि बलि दिने तथा पूजाराधना गर्ने गरेको स्थानीयवासी भुजेल बताउँछन् ।
धरानको विजयपुरमा पिण्डेश्वर बाबा, बुढासुब्बा मन्दिर तथा पञ्चकन्या मन्दिर पनि छन् । यी कुनै मन्दिरमा आउने भक्तजन दन्तकाली मन्दिरको दर्शन नगरी फर्कँदैनन् ।
Related News
सम्बन्धित समाचार
सिटिजन जुरी थप ७ जिल्लामा विस्तार हुने
सामुदायिक प्रहरी जिल्ला समन्वय कास्कीमा बाेधराज कार्की
इजलास छैन श्रीमानलाई
जिल्ला समन्वय समिति : संविधानले चिन्यो, व्यवहारले चिनेन
जग्गाको मालिक बन्दै भूमिहीन
hero news full width
मुख्य समाचार
नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन
फेदीखाेलामा गुरुङ भाषाका आदिकविकाे सालिक अनावरण
माघ ११, २०७७गुरुङ फिल्म अब नियमित रुपमा चलचित्र हलमा प्रदर्शन गरिने
माघ ११, २०७७गाउँमै रोजगारी : परिवारमा खुशीयाली
माघ ११, २०७७विकास खर्च तीन वर्षयताकै कम
माघ ११, २०७७हिउँ नपर्दा चिन्तामा किसान
माघ ११, २०७७