भूकम्प पीडितलाई घर बनाउन लालपुर्जा दिइने

रासस
कार्तिक ११, २०७७
Add Watermark_2020_10_27_08_37_28

दमौली, ११ कात्तिक । जग्गाधनी प्रमाणपुर्जा नभएका तनहुँका २७ भूकम्प पीडित घरधुरीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिने भएको छ । अव्यवस्थित जग्गामा बसोबास गर्दै आएका र विसं २०७२ को भूकम्पले घर क्षति भएका घरधुरीलाई स्थायी घर बनाउन उनीहरु बसोबास गरेकै ठाउँको जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने तयारी छ ।

सङ्घीय सरकारको मन्त्रिपरिषद्को निर्णयानुसार त्यस्ता भूकम्प पीडितलाई स्थायी आवास बनाउन जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउन लागिएको हो । तनहुँमा जग्गाधनी प्रमाणपुर्जा नभएका भूकम्प पीडितको सङ्ख्या धेरै भए पनि पहिलो चरणमा २७ घरधुरीलाई लालपुर्जा उपलब्ध गराउन लागिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइका प्रमुख जयप्रकाश गुप्ताले जानकारी दिए।

उक्त कार्यका लागि प्रतिनिधिसभाका सदस्यको संयोजकत्वमा समिति गठन गरिएको छ । जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदले ६/६ महिना संयन्त्रको संयोजकको भूमिका निर्वाह गर्नेछन् । सोहीबमोजिम असोजदेखि आगामी ६ महिनाका लागि तनहुँ क्षेत्र नं १ का सांसद कृष्णकुमार श्रेष्ठ उक्त समितिको संयोजक बनेका छन् ।

सांसद श्रेष्ठका संयोजकत्वमा केही दिनअघि बसेको २७ घरधुरी बैठकले भूकम्प पीडितलाई स्थायी आवास निर्माणका लागि प्रमाणपुर्जा उपलब्ध गराउने निर्णय गरेको थियो । बाँकी जग्गाधनी प्रमाणपुर्जा नभएका घरधुरीलाई पनि क्रमशः पुर्जा उपलब्ध गराइनेछ ।

Related News

सम्बन्धित समाचार

    • गण्डकीको बजेट ३० अर्व

      आदर्श समाज सम्वाददाता असार १, २०७८
      पोखरा । गण्डकी सरकारले आगामी वर्षका लागि ३० अर्व ३ करोड ९४ लाखको बजेट सार्वजनिक गरेको छ । १३ अर्व…
    • ‘सत्ताको गठबन्धन लामो जाँदैन’

      आदर्श समाज सम्वाददाता जेठ ३१, २०७८
      पोखरा । गण्डकीका निर्वतमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सत्ता प्राप्तिका लागि बनेको अहिलेको गठबन्धनको आयु लामो नभएको टिप्पणि गरेका छन् ।…
    • कास्कीमा निषेधाज्ञा असार ७ सम्म

      आदर्श समाज सम्वाददाता जेठ ३१, २०७८
      पोखरा । कास्कीमा निषेधाज्ञा अवधि असार ७ सम्म थप भएको छ । दैनिक उपभोग्य खाद्यन्न सामग्री बेच्न पसल, तरकारी, फलफूल, दुध…
    • नयाँ सरकारले काम थाल्यो : नीति तथा कार्यक्रम आज

      प्रकाश ढकाल जेठ ३१, २०७८
      पोखरा । नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा बनेको गठबन्धन सरकारले आइतबारबाट औपचारिक रुपमै काम थालेको छ । नीति तथा…
    • बाढीपहिरोले बागलुङमा ८ परिवार विस्थापित

      रासस जेठ ३०, २०७८
      गलकोट । अबिरल वर्षापछि आएको बाढीले बडिगाड गाउँपालिकाका आठ परिवार विस्थापित भएका छन् । बडिगाड गाउँपालिका—७ स्थित टुनिबोटमा पहिरोसहितको बाढीले…

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग