म्याग्दी, ९ कात्तिक । म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङका युवाहरु सीप सिकेर विकास र आयआर्जनका काममा जोडिएका छन् । विदेशबाट फर्किएका र बेरोजगार युवाहरु सङ्गठित भएर सामूहिकरूपमा स्वरोजगार बनेका हुन् ।
आत्मनिर्भर युवा स्वरोजगार समूहमार्फत विकास आयोजनाका लागि फर्निचर, ग्रिल, मिक्सर उद्योग सञ्चालनका साथै कुखुरा र भैँसीपालनको तयारी गरेका दरवाङका वडा अध्यक्ष सन्तोष सुबेदीले बताए।
“१८ युवा अहिले सामूहिक उद्यम सञ्चालनका लागि सीप सिकिरहेका छन्”, उनले भने, “उत्पादन र आयआर्जनमा जोड्न बेरोजगार युवाहरुलाई समूहमा आबद्ध गराएर विकासका काममा परिचालन गर्न लागिएको छ।”
नदी, पहिरो नियन्त्रण र सडक निर्माणमा आवश्यक पर्ने ग्यावीन जाली बुन्ने, ढलानमा प्रयोग हुने मिक्सर मेसिन चलाउन, ग्रिल र फर्निचरसम्बन्धी काम सिकेका छन् । स्थानीय आत्मनिर्भर व्यावसायिक कृषि सहकारी संस्थाबाट प्रतिव्यक्ति रु २० हजारका दरले व्यक्तिगत ऋण लिएका उनीहरुले आवश्यक औजार खरिद गरेर सामूहिक उद्योग सञ्चालन गरेका छन् ।
स्थानीयस्तरमा आवश्यक पर्ने मजदुर पनि समूहमार्फत नै परिचालन गर्न थालेको आत्मनिर्भर युवा स्वरोजगार समूहका संयोजक गङ्गा रोकाले बताए। “कोरोनाका कारण यहाँका आयोजनामा बाहिरका मजदुर आउन नसक्दा काम प्रभावित भएको छ”, उनले भने, “यहीँका युवाले सीप सिकेर दक्ष भए काम र दाम दुवै हुन्छ ।”
टोलटोलमा समूह विस्तार गर्न थालेका उनीहरुले मासु र अण्डा उत्पादन गर्न कुखुरा तथा दूध उत्पादनका लागि भैँसीपालन शुरु गर्न लागेका छन् । विदेश र शहरी क्षेत्रबाट फर्किएका तथा गाउँमै भएका युवाहरुलाई समेटेर समूह बनाइएको छ ।
समूहमा आबद्ध भएपछि रुचिअनुसारको सीप सिकाउने र काममा लगाउन सहजीकरण गरेका छन् । कोरोनाको जोखिमका कारण विदेश र शहरी क्षेत्रबाट रोजगारी गुमेर फर्कनुपरेको अवस्थामा गाउँमै काम र दाम पाउने वातावरण बनेकोमा समूहका सदस्य कुमार केसीले उत्साहित भएको बताए। “विदेशबाट फर्किएपछि त्यतिकै घरमै बसेको थिएँ”, उनले भने, “सामूहिकरूपमा काम गर्दा सीप र अनुभव आदानप्रदान गर्न पाइएको छ । हातमा सीप र मनमा जाँगर पलायो भने काम जति पनि पाइँदो रहेछ।”
मालिका गाउँपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘मालिकामै कमाओँ, मालिकामै रमाऔँ’ भन्ने नारा सार्वजनिक गरेको छ ।
मालिका गाउँपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘मालिकामै कमाओँ, मालिकामै रमाऔँ’ भन्ने नारा सार्वजनिक गरेको छ तर नीतिअनुसारको बजेट विनियोजन र कार्यक्रम नबनाएकोमा युवाहरुले गुनासो गरेका छन् ।
स्थानीयलाई नै सीप सिकाएर विभिन्न आयोजनामा परिचालन गर्दा विकाससँगै रोजगारी, आयआर्जनको अवसर सिर्जना, सामाजिक विकृति र विसङ्गति न्यूनीकरणमा सहयोग देखिएको छ ।
Related News
सम्बन्धित समाचार
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
गरिमा र टान गण्डकीबीच सम्झौता
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१