फाेटाेः घिरिङ्ग सेरोफेरोकाे फेसबुक पेजबाट।
तनहुँको घिरिङ गाउँपालिका–१ स्थित विभिन्न टोलमा बिजुली विस्तार भएको छ । उज्यालो गाउँपालिका बनाउने अभियानअन्तर्गत उक्त वडाको भन्टार, कटहरे, हात्तीडाँडा, डिसडाँडा र रिमिडाँडाका १३८ घरधुरीमा शनिबार पहिलो पटक बत्ती बलेको हो ।
नेपालीहरुको महान् पर्व बडादशैँको आठौँ दिन महाअष्टमीमा बत्ती बलेपछि यहाँका स्थानीयवासी हर्षित भएका छन् । बत्ती बाल्ने वर्षाैँदेखिको चाहना अहिले आएर पूरा भएको स्थानीय पार्वती शाहीले बताए। “बिजुली बत्तीको आशमा बसेको थुपै्र वर्ष भयो, बत्ती बाल्ने चाहना बल्ल पूरा भएको छ”, शाहीले भने, “त्यहीमाथि दशैँको बेला बत्ती बलेपछि गाउँ नै उज्यालो भयो ।”
स्थानीय मनिषा श्रेष्ठले मैनबत्ती र सोलारको भरमा बस्दै आएका स्थानीयवासीलाई बिजुली विस्तार भएपछि सहज हुने बताइन्। “बत्ती नहुँदा गाउँ अहिलेसम्म अँध्यारो थियो, अब त गाउँ नै उज्यालो भयो”, उनले भनिन्, “बत्ती आएपछि अब धेरै कुरामा सजिलो हुने भयो ।”
सोही वडाको नयाँटार, गड्यौलीटार, बन्टार, जगौली र खुङ्लिङमा पनि दशैँअगावै बत्ती बाल्ने तयारी भए पनि विद्युत् प्राधिकरणका कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि ढिलाइ भएको घिरिङ गाउँपालिकाका सल्लाहकार सुमनकुमार श्रेष्ठले जानकारी दिए। “विद्युत् प्राधिकरणका केही कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि मिटर बक्स उपलब्ध हुन नसकेर बाँकी बस्तीमा बत्ती बल्न सकेन”, श्रेष्ठले भने, “ती बस्तीहरुमा दशैँ लगत्तै बत्ती बल्छ ।”
घिरिङ गाउँपालिकाका अध्यक्ष रनबहादुर राना र उपाध्यक्ष सरस्वती सिग्देलले शनिबार उक्त गाउँमा बत्ती बालेर विद्युतीकरणको उद्घाटन गरे। गाउँपालिकाका अध्यक्ष रानाले ‘उज्यालो घिरिङ’ अभियान पूरा हुने क्रममा रहेको बताए।
उनका अनुसार गाउँपालिकाले यहाँका ग्रामीण बस्तीमा धमाधम विद्युत् विस्तार कार्यलाई तीव्रता दिएको छ । गत हप्तामात्रै घिरिङ–४ को गलकोट र घिरिङ–५ को भाटडाँडाका ४५ घरधुरीमा बिजुली विस्तार भएको थियो । घिरिङ विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष होमबहादुर थापाले गाउँपालिकाका अब करिब ५०० घरमा मात्रै विद्युतीकरण गर्न बाँकी रहेकाे बताए । बाँकी रहेका घरहरुमा तिहारअगावै बत्ती बाल्ने तयारी छ । उपभोक्ता समितिले विगत एक महिनाको अवधिमा अत्रौली, पुट्टार, माहोरकोट लगायतका ठाउँमा पनि विद्युतीकरण सम्पन्न गरेको थियो । कोरोना कहरकै बीचमा पनि विद्युतीकरणको अभियानलाई सञ्चालन गरिएको थापाले बताए।
Related News
सम्बन्धित समाचार
अनलाइन प्रणालीबारे थाहा नहुँदा श्रम कार्यालयमा भीड
पानी भए पो पँधेरो : रुपाका गाउँमा अझै खानेपानी समस्या
जिल्लाकै नमूना तथा परम्परागत आश्रम बनाउन भूमिका निर्वाह गर्ने छुः पूर्व मिस नेपाल खतिवडा
फेवातालमा पानी भर्न थालेपछि बल्ल माटाे झिक्न सुरु
आँखा उपचारमा अब्बल पाेखराकाे हिमालय आँखा अस्पताल
hero news full width
मुख्य समाचार
रूपाकाे स्यास्त्रीमा अब दैलो छेवैमा सिटामोल जोहो
फेदीखोलामा मजदुरलाई परिचयपत्र
फागुन २१, २०७७सरकार–विप्लव सहमति : प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्चबाट सम्बाेधन गर्ने
फागुन २०, २०७७सरकार र विप्लव नेकपाबीच ३ बुँदे सहमति
फागुन २०, २०७७उपभोक्तालाई नै छैन वास्ता, राेकिएन ठग्ने ठगिने क्रम
फागुन १९, २०७७‘प्रधानमन्त्री पाउँ पनि भनेको छैन, आयो भने भाग्नेवाला पनि छैन’
फागुन १९, २०७७