म्याग्दी,७ कार्तिक । म्याग्दीको मंगला गाउँपालिकाले कोरोना संक्रमितको उपचारका लागि ५ बेडको कोरोना अस्थायी अस्पताल बनाएको छ । गाउँपालिकाले वडा नं ५ को अर्मन स्वास्थ्य चौकीमा नियमित उपचारमा कुनै असर नगर्ने गरी सुरक्षित तरिकाले ५ शैयाको अस्पताल बनाइएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोका मगरले बताए ।
‘कोरोना संक्रमितको उपचारका लागि अर्मन स्वास्थ्य चौकीमा अस्थायी कोरोना अस्पताल बनाएका छौं ,‘संक्रमति घरमै बस्न नसक्ने अवस्थामा मात्रै अस्पतालमा लैजाने ब्यवस्था मिलाएका छौ’– अध्यक्ष रोका मगरले भने । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्थायी अस्पताल बनाउन गर्न १० लाख रुपैंया निकासा गरेको थियो ।
त्यस्तै जनप्रतिनिधिको भत्ताबाट थप ५ बेड सहित अक्सिजन सिलिन्डर समेत थप गर्ने तयारी भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले जानकारी दिए । अस्थायी कोरोना अस्पतालमा एक मेडिकल अफिसरसहित २ स्टाफ नर्स र एक कार्यालय सहयोगी गरेर ४ जना जनशक्तीका लागि सूचना समेत जारी गरिएको छ । अस्थायी अस्पतालका लागि तत्काल ३ महिना करारमा जनशक्ती ब्यवस्थापन गरिने छ ।
कोरोना रोकथामका लागि चाहिने औषधि र बेड खरिद गरिएको छ । मंगला गाउँपालिकामा स्थानीय दुई र तीन जना गाउँपालिकाका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित सबै होम आइसोलेसनमा रहेका गाउँपालिकाले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
पाेखराका हार्डवयर व्यवसायीद्वारा मुसहरवस्तीमा न्यानो कपडा वितरण
भाडाका घरमा गाउँका ‘सिंहदरबार’
एक्यापको म्याद सकियो, प्रदेश मातहत ल्याउने प्रयास
‘नेकपा नफुट्दासम्म कांग्रेसले चलखेल गर्दैन’
पास भयो संकल्प प्रस्ताव: अनुगमन गर्न ९ सदस्यीय समिति
hero news full width
मुख्य समाचार
गण्डकीमा १४ खोप केन्द्र, आजबाट सबै जिल्लामा लगाइने
बाढीले प्रदेशमा ३ अर्बको क्षति
माघ १४, २०७७कास्कीमा सुरू भयाे चुनावकाे तयारी
माघ १४, २०७७संसद विघटनविरुद्ध कांग्रेस झनै सशक्त
माघ १३, २०७७नेकपाका अध्यक्षद्वयलाई निर्वाचन आयोगले भन्याे : एकता महाधिवेशनअघि कसैले कसैलाई हटाउन सक्दैन
माघ १३, २०७७काेराेनाविरुद्धकाे खाेपका लागि देशभर ६२ अस्पतालमा १ सय २० खोप केन्द्र
माघ १३, २०७७