तनहुँ, ७ कार्तिक । मनोमानी ढंगबाट यात्रुसँग चर्को भाडा लिने पृथ्वीराजमार्ग अन्तरगत चल्ने सवारीहरुलाई कार्वाही गरिएको छ । यात्रुको गुनासो आएपछि गरिएको जाँचमा सवारीमाथि कार्वाहरी गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख अरुण पौडेलले बताए ।
राजमार्ग अन्तरगत चल्ने मिनीबस, माईक्रो बस, कार, जिप, ट्याक्सीहरुले अत्यधिक मनोमानी दंगले यात्रुहरुसग भाडा लिन थालेपछि चालक तथा सहचालकहरुलाई कार्वाही गर्न नियन्त्रणमा लिएको पौडेलले बताए ।
कोरोना संक्रमणबाट बँच्न सवारी चालक–सहचालक तथा यात्रुहरुले स्वास्थ्य सुरक्षाका सावधानी अपनाए नअपनाएको, सरकारले तोकेको भाडादर लिए नलिएको, टिकटअनुसार सुविधा दिए नदिएको लगायतका विषयमा अनुगमन र निरीक्षण गरिएको प्रहरी प्रमुख पौडेलले जानकारी दिए ।
उनले सवारीसाधनमा यात्रुहरुसँग विभिन्न जानकारी लिएका थिए भने सावधानीका उपायहरुबा बारेमा जानकारी दिए ।
पृथ्वीराजमार्ग बस सञ्चालक समिति र जिल्ला ट्राफिक प्रहरीका प्रहरी प्रमुख रेशमबहादुर रानाभाट लगायतको उपस्थितिमा सवारीसाधन र यात्रुहरूको निरीक्षण गरिएको थियोे ।
Related News
सम्बन्धित समाचार
फेवातालको क्षेत्रफल ११२५५ रोपनी
ग्रामीण क्षेत्रमा सडक कालोपत्रे
नेपाल–भारत मैत्री संघको साधारण सभा
सुत्केरीलाई तेल, कुखरा र न्यानो कपडा
पुरोहितले अब उमेर हेरेर मात्र विवाह गराउने
hero news full width
मुख्य समाचार
काठमाडौंमा राजनीतिक हावाहुरी, पाेखरामा भने सुनसान
माछापुच्छ्रेका छाेरीबुहारी चुलोचौको छाडेर लोक सेवा तयारीमा जुटे
फागुन १३, २०७७संसद पुनर्स्थापनापछि विजय र्याली
फागुन १२, २०७७गठन भयो पोखरा प्रज्ञा प्रतिष्ठान, कुलपतिमा पदमराज ढकाल
फागुन १२, २०७७काेराेनाले नेपालमा २ हजार ६ सय ८४ काे ज्यान लियाे
फागुन १२, २०७७‘प्रधानमन्त्रीले संकटकाल लगाउन सक्दैनन्, वैधता नै छैन ’
फागुन १२, २०७७