पोखरा । संघ सरकारले कोरोनाको परीक्षण र उपचारको खर्च सम्बन्धित ब्यक्तिले नै ब्यहोर्नुपर्ने निर्णय गरेपछि गण्डकी प्रदेश सरकारले काउण्टर दिँदै निशुल्क उपचारको घोषणा ग¥यो । मन्त्री परिषद् बैठकबाटै निर्णय गरेर प्रदेशभित्रका नागरिकले उपचार गर्दा पैसा नलाग्ने ब्यवस्था गरिएको थियो । ‘पहिलेजस्तै उपचार निरन्तर हुन्छ । यहाँका नागरिकले कोरोनाको परीक्षण र उपचारमा पैसा तिर्नुपर्दैन,’ सरकारका प्रबक्ता रामशरण बस्नेतले भने ।
प्रदेशले निशुल्क उपचारको निर्णय गरेकै भोलिपल्ट पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले उपचार र खानाको समेत पैसा तिर्नु उर्दी जारी गरेको छ । सूचना निकालेर सबै रकम विरामीले नै ब्यहोर्नुपर्ने बताएको हो । अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले विहीबार सूचना निकाल्दै कोरोनाको उपचार खर्च विरामी आफैले बेहोर्नुपर्ने बताएका हुन् । कार्तिक ४ गतेदेखि नै यो नियम लागू भैसकेको विज्ञप्तीमा उल्लेख छ । क्यान्टिनबाट खाने खाजा तथा खानाका लागि धरौटी बुझाउन भनिएको छ ।
यो अस्पताल संघ मातहत छ । कोरोनाको उपचारमा पनि प्रदेशलाई नटेरेको भन्दै गण्डकीले क्षयरोग केन्द्रमा छुट्टै प्रयोगशाला स्थापना गरेको छ । पश्चिमाञ्चल अस्पतालमा यसअघि देखि नै कोरोना परीक्षण गराउँदा शुल्क बुझाउनुथ्र्यो । अस्पताल र प्रदेश सरकारबीच खासै राम्रो सम्बन्ध छैन । अस्पतालको सूचनापछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आपत्ती जनाएका छन् ।
प्रदेशसँग समन्वय नगरी अस्पतालले शुल्क लिन नपाउने उनको भनाई छ । ‘प्रदेशले नागरिकको निशुल्क उपचार गर्ने निर्णय गर्दा अस्पताललाई किन टाउको दुख्यो ?,’ उनले भने, ‘संघ सरकार यही निर्णय बदनाम भएको छ । अस्पतालले निर्णय सच्याउनुपर्छ ।’ गलत मानसिकता राखेर यस्तो निर्णय गरिएको उनको आरोप छ । यता प्रदेश सरकारले गरेको परीक्षण भने निशुल्क छ ।
Related News
सम्बन्धित समाचार
कारागारमा कुटपिटपछि २५ कैदी रातारात सारियाे
प्रधानमन्त्री ओलीलाई सुरक्षा थ्रेट !
बेवारिसेका अभिभावक विद्यालय
प्रधानमन्त्रीले शिलान्यास गरे प्रदेश प्रशिक्षण प्रतिष्ठान
ड्यामसाइडदेखि चंखपुरको सेरोफेरो, फेवातालकाे चौघेरो
hero news full width
मुख्य समाचार
स्कुल टिकाउन विद्यार्थी वन्धक !
नेपालकै ठूलो धनराशिको फुटसल
फागुन १६, २०७७नाइकेको विषयमा कारागार भित्रै झडप
फागुन १६, २०७७संसद बैठकः सत्तापक्षको बेन्च झमेला
फागुन १६, २०७७आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
फागुन १६, २०७७रघु पन्तकाे भनाइप्रति काेमल वलीकाे आपत्ति : पिँडुला देखाएर सांसद बनेकाे हाेइन
फागुन १६, २०७७