काठमाडौँ, ६ कात्तिक । विश्व फुटबल महासंघ (फिफा) को वरियतामा नेपालको स्थान यथावत् छ । कोरोना भाइरसको महामारीका कारण कुनै पनि खेल नखेलेका कारण नेपालको वरियतामा फेरबदल नभएको हो ।
फिफाले आज जारी गरेको वरियतामा नेपाल १७०औँ स्थानमा कायमै छ । फिफाले यसअघि वरियताको सूची जारी गर्दा पनि नेपाल उही स्थानमा थियो । कोरोनाका कारण गत वर्ष चैतयता फुटबल प्रतियोगिता हुन पाएको छैन । नेपालले आउँदो महिना भने बङ्गलादेशसित दुई मैत्रीपूर्ण खेल खेल्दैछ ।
दक्षिण एशियाली राष्ट्रका वरियतामा भने नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा अगाडि भारत १०८ औंँ स्थानमा छ । यस्तै माल्दिभ्स १५५, भुटान १८९, बङ्गलादेश एक १८७, श्रीलङ्का २०६ तथा पाकिस्तान २०० औंँ स्थानमा छ । विश्व वरियताको शीर्ष स्थानमा भने बेल्जियम कायमै छ । फ्रान्स, ब्राजिल, बेलायत र पोर्चुगल वरियताका क्रमशः दोस्रा, तेस्रा, चौथा र पाँचौँ स्थानमा छन् ।
Related News
सम्बन्धित समाचार
खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित
सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन
टाइगर कपको अन्तिम तयारी
एउटै क्लबका २ टिम फाइनल पुगेपछि समझदारीमा विजेता घोषणा
माछापुच्छ्रेमा वडास्तरीय भलिबल
hero news full width
मुख्य समाचार
सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
माघ ११, २०८१राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
माघ १०, २०८१जनप्रियको वार्षिकोत्सवमा सम्मान
माघ १०, २०८१पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
माघ १०, २०८१बयानपछि लामिछानेलाई परिवारको जिम्मा
माघ १०, २०८१