फिफा वरियतामा नेपाल यथावत्

rss रासस
कार्तिक ६, २०७७
fifa

काठमाडौँ, ६ कात्तिक । विश्व फुटबल महासंघ (फिफा) को वरियतामा नेपालको स्थान यथावत् छ । कोरोना भाइरसको महामारीका कारण कुनै पनि खेल नखेलेका कारण नेपालको वरियतामा फेरबदल नभएको हो ।

फिफाले आज जारी गरेको वरियतामा नेपाल १७०औँ स्थानमा कायमै छ । फिफाले यसअघि वरियताको सूची जारी गर्दा पनि नेपाल उही स्थानमा थियो । कोरोनाका कारण गत वर्ष चैतयता फुटबल प्रतियोगिता हुन पाएको छैन । नेपालले आउँदो महिना भने बङ्गलादेशसित दुई मैत्रीपूर्ण खेल खेल्दैछ ।

दक्षिण एशियाली राष्ट्रका वरियतामा भने नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा अगाडि भारत १०८ औंँ स्थानमा छ । यस्तै माल्दिभ्स १५५, भुटान १८९, बङ्गलादेश एक १८७, श्रीलङ्का २०६ तथा पाकिस्तान २०० औंँ स्थानमा छ । विश्व वरियताको शीर्ष स्थानमा भने बेल्जियम कायमै छ । फ्रान्स, ब्राजिल, बेलायत र पोर्चुगल वरियताका क्रमशः दोस्रा, तेस्रा, चौथा र पाँचौँ स्थानमा छन् ।

Related News

सम्बन्धित समाचार

    • एकै खेलमा ट्रिपल ह्याट्रिक

      Avatar आदर्श समाज सम्वाददाता फागुन १२, २०७७
      पोखरा । देश्ना चन्द स्मृति दोस्रो भेट्रान्स सेभेन ए साइड नयाँगल्ली कपमा बुधबारको खेलमा भ्याली स्पोर्टस्ले पाहुना टोली भिमाद भेट्रान्समाथि सहज…
    • भलिबल विजेतालाई गृहजिल्लामा सम्मान

      sadhanramjali साधन राम्जाली फागुन १२, २०७७
      म्याग्दी  । मुख्यमन्त्री कप प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको विजेता म्याग्दी महिला भलिबल टोलीलाई गृहजिल्लामा सम्मान गरिएको छ । जिल्ला भलिबल संघ,…
    • पोखरामा ‘देश्ना चन्द स्मृति भेट्रान्स फुटबल’ सुरु

      Avatar आदर्श समाज सम्वाददाता फागुन ११, २०७७
      पोखरा । पोखरामा ‘देश्ना चन्द स्मृति दोस्रो भेट्रान्स (३५ वर्ष माथी) सेभेन ए साईड नयाँगल्ली कप २०७७’ सुरु भएको छ…
    • क्लबस्तरीय टी–२० लिग क्रिकेट हुने

      Avatar आदर्श समाज सम्वाददाता फागुन १०, २०७७
      पोखरा । पोखरामा क्लबस्तरीय सुपर जनरल अन्तरक्लब टी–२० लिग क्रिकेट प्रतियोगिता हुने भएको छ । केएन स्पोर्टस् प्रालिले फागुन १७…
    • भलिबलमा पाेखरेलीकाे क्रेज, प्यारापिटमा थामिनसक्नु भीड

      धनबहादुर गुरुङ धनबहादुर गुरुङ फागुन ९, २०७७
      पोखरा । जित्नुपर्ने दबाब एकातिर, अर्कोतर्फ दर्शक हुटिङ । नेपालकै नम्ब। १ मानिएको त्रिभुवन आर्मीविरुद्ध गण्डकी प्रदेशबीच भलिबल प्रतियोगिताको फाइनल थियो…

    hero news full width

    sanil ads

    wordlink ads