ब्रासिलिया, ६ कात्तिक । अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको कोरोनाभाइरस विरुद्धको खोप दिइएका एक व्यक्तिको ब्राजिलमा मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य सेवा विभाग एन्भिसाले तेस्रो चरणको परीक्षणका क्रममा उक्त खोप दिइएका व्यक्तिको मृत्यु भएको जनाएको छ ।
तर एभिन्साले खोप परीक्षणको कार्य जारी रहने बताएको छ । एन्भिसाले स्वयंसेवी ती व्यक्तिले खोप लगाएका हुन् वा प्लासेबो लगाएका हुन् भन्ने स्पष्ट भइ नसकेको जनाएको छ । तर एन्भिसाले ती व्यक्तिको वैयक्तिक विवरण भने उपलब्ध गराउन अस्वीकार गरेको छ ।
अक्सफोर्ड विश्वविद्यालयले ब्राजिली नियामक निकाय एन्भिसाको सिफारिस बमोजिम खोप परीक्षण अभियान जारी रहने जनाएको छ । विश्वविद्यालयले क्लिनिकल परीक्षणका बारेमा सुरक्षात्मक कुनै समस्या नरहेको पनि बताएको छ ।
खोप निर्माता अस्ट्राजेनिकाले भने उक्त घटनाका बारेमा टिप्पणी गर्न अस्वीकार गरेको छ । अस्ट्राजेनिकाले खोप अभियान रोक्ने वा स्थगित गर्ने बारेमा पनि केही बताएको छैन ।
जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो अद्यावधिक विवरण अनुसार ब्राजिलमा ५२ लाख ७४ हजार व्यक्ति कोरोना संक्रमित भएका र १ लाख ५४ हजार ८३७ जनाको मृत्यु भइसकेको छ ।
Related News
सम्बन्धित समाचार
एक्सपर्ट एडु कन्क्लेभ तयारी
सन् २०२२ मा घाटामा रहेका श्रीलंकका ५२ सरकारी लगानीका व्यवसाय नाफामा
बाइडेन र ट्रम्प दुवै मिचिगनबाट निर्वाचित हुने करिब पक्का
सहयोगदातालाई कास्की आदर्श समाज कतारको सम्मान
पोखराका सुवेदी दिदीबहिनीको बेलायतमा मृत्यु
hero news full width
मुख्य समाचार
चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
वैशाख ६, २०८१सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१प्रेमील गजलकारको भावपूर्ण बिदाइ
वैशाख ५, २०८१अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
वैशाख ५, २०८१गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
वैशाख ५, २०८१