पहिरोमा ज्यान गुमाउनेको परिवारलाई आर्थिक सहयोग

आदर्श समाज सम्वाददाता
कार्तिक ६, २०७७
Rahat 3

स्याङजा । स्याङ्जाका विभिन्न ठाउँमा पहिरोमा परी ज्यान गुमाएकाको परिवारलाई आर्थिक सहयोग गरिएको छ । वैदेशिक रोजगारीको शिलशिलामा विदेशमा बस्ने नेपालीहरुको सहयोगमा उपलब्ध गराईएको रकम वालिङ नगरपालिका मार्फत पीडित परिवारलाई हस्तान्तरण गरिएको हो ।

बेलायतमा बसोबास गर्दै आएका योगेन्द्रकुमार गैह्रेको पहलमा संकलन गरिएको ३ लाख ५० हजार, पोर्चुगलमा अर्जुन अर्याल र बेलायतमा दामोदर सुबेदीको पहलमा संकलन गरिएको चार लाख ३२ हजार, स्याङ्जा सहयोग समाज वालिङ नगर ईकाई कतारको ५० हजार गरी कूल ८ लाख ३२ हजार हस्तान्तरण नगरपालिकाले जनाएको छ ।

नगर प्रमुख दिलीपप्रताप खाँणले ति परिवारलाई रकम हस्तान्तरण गरे । असोज ८ गते वालिङ १४ तमादीमा एकजना पाहुनासहित एकैघरमा ९ जनाको पहिरोमा पुरिएर ज्यान गएकाको थियो । उनीहरुको परिवारलाई नर्वे, क्यानडा, बेलायत, अष्ट्रेलियामा रहेका नेपालीहरुबाट संकलन गरिएको ३ लाख, सोही घटनामा परेर ज्यान गुमाएकी अर्की महिलाको परिवारलाई २५ हजार र वालिङ ११ पेखुमा गिट्टी निकाल्ने क्रममा पुरिएर मृत्यु भएकाको परिवारलाई २५ हजार गरी कूल तीन लाख ५० हजार हस्तान्तरण गरिएको नगर प्रमुख खाँणले बताए ।

पोर्चुगलमा अर्जुन अर्याल र बेलायतमा दामोदर सुबेदीको पहलमा संकलन गरिएको ४ लाख ३२ हजारबाट मनिषा/भोजराज नेपालीलाई एकलाख ८२ हजार, तमादी पहिरोमा घर पुरिएर विस्थापित भएका चार परिवारलाई प्रतिपरिवार ५० हजारका दरले दुई लाख, कालीगण्डकी ४ विर्घामा ज्यान गुमाएकाको परिवारलाई ५० हजार उपलब्ध गराईएको छ । विभिन्न देशमा रोजगारीका शिलशिलामा रहेर जन्मभूमिप्रति देखाएका सहयोगप्रति उनले धनयवाद दिए । यस्तै, स्याङ्जा सहयोग समाज वालिङ नगर ईकाइ कतारबाट संकलन भएको ५० हजार रकम समाजका कोषाध्यक्ष खगेन्द्र गैह्रेले वालिङ नगरपालिकामार्फत तमादी पहिरोमा परी ज्यान गुमाएका परिवार तथा समाजका अग्निपीडित सदस्य सञ्जय कोईरालालाई राहत उपलब्ध गराएको हो ।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…

hero news full width