वालिङ नगरपालिका– १३ कार्यालयले नौमती बाजा उपलब्ध गराएपछि कार्यालय परिसरमा नौमती बाजा बजाउँदै सिपकार एकता समाज वालिङ १३ मा आबद्ध सदस्य । तस्बिरः हिमलाल पराजुली, रासस
स्याङ्जा, ५ कत्तिक। परम्परा र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले वालिङ नगरपालिका वडा नं १३ ले नौमती बाजा हस्तान्तरण गरेको छ । विभिन्न चाडपर्वका साथै शुभकार्यमा बाजा बजाएर परिवार पाल्दै आएका सीपकार एकता समाज वालिङ–१३ मा आवद्ध दमै समुदायलाई नौमती बाजा बजाउनका लागि आवश्यक पर्ने सबै सामग्री वडा कार्यालयले उपलब्ध गराएपछि समूहमा आवद्ध सदस्य खुशी भएका छन् ।
कोरोना महामारीका कारण धेरैले रोजगारी गुमाइरहेका बेला नौमती बाजा पाएपछि उनीहरु खुशी भएका हुन् । आफ्नो परम्परालाई जोगाइराख्नुपर्छ भनेर लाग्नुभएका ७० वर्षीय डिलबहादुर दमाइले वडा कार्यालयले बाजा उपलब्ध गराएकामा निकै खुशी लागेको बताए । बाह्र वर्षको उमेरदेखि बाजा बजाउन शुरु गरेका उनले भने, “मैले सानै उमेरदेखि बाजा बजाउन शुरु गरे, ७० वर्षको उमेर हुँदासम्म पनि बजाउन छाडेको छैन, अहिले पहिला–पहिलाभन्दा बाजा बजाउने चलन कम हुँदै गएकाले समूहमा आवद्ध भएर परम्परागत बाजाको संरक्षणमा लागेका छौँ।”
आफूहरुसँग भएका पुराना बाजा जीर्ण भएकाले समस्यामा परेको बेला नयाँ बाजा पाउँदा खुशी लागेको रमेशबहादुर दमाइले बताए। वडाध्यक्ष आनन्द पाठकले परम्परा र संस्कृतिको संरक्षणसँगसँगै दमै समुदायलाई आयआर्जनमा सहयोग पुगोस् भनेर नौमती बाजा हस्तान्तरण गरिएको बताए।
वडासचिव लुमाकान्त भट्टराईले रु एक लाख ८० हजार बराबरको नौमती बाजा हस्तान्तरण गरिएको जानकारी दिए।
वालिङ नगरपालिका– १३ का वडाध्यक्ष आनन्द पाठक सिपकार एकता समाज वालिङ– १३ मा आवद्ध दमै समुदायलाई नौमती बाजा हस्तान्तरण गर्दै । तस्बिरः हिमलाल पराजुली, रासस
नौमती बाजा बजाउनका लागि प्रयोग गरिने सनाइ, ढोलक दमाहा, कर्नाल, ट्याङ्को, झुर्मालगायतका सामग्री रहेको वडा कार्यालयले जनाएको छ।
Related News
सम्बन्धित समाचार
अनलाइन प्रणालीबारे थाहा नहुँदा श्रम कार्यालयमा भीड
पानी भए पो पँधेरो : रुपाका गाउँमा अझै खानेपानी समस्या
जिल्लाकै नमूना तथा परम्परागत आश्रम बनाउन भूमिका निर्वाह गर्ने छुः पूर्व मिस नेपाल खतिवडा
फेवातालमा पानी भर्न थालेपछि बल्ल माटाे झिक्न सुरु
आँखा उपचारमा अब्बल पाेखराकाे हिमालय आँखा अस्पताल
hero news full width
मुख्य समाचार
बालुवाटार छिरे विप्लव
पेट्रोलको मूल्य ६ वर्षयताकै बढी, निगमलाई मासिक ३ अर्ब घा६ा
फागुन २१, २०७७विप्लव सार्वजनिक, नवलपुरमा सहिद परिवारलाई भेटेर प्रहरी स्कटिङ्गमा काठमाडौं जाँदै
फागुन २१, २०७७रूपाकाे स्यास्त्रीमा अब दैलो छेवैमा सिटामोल जोहो
फागुन २१, २०७७फेदीखोलामा मजदुरलाई परिचयपत्र
फागुन २१, २०७७सरकार–विप्लव सहमति : प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्चबाट सम्बाेधन गर्ने
फागुन २०, २०७७