बुटवल ५ कार्तिक । कोरोना भाईरसका कारण रुपन्देहीमा एकै दिन तीन जनाको मृत्यु भएको छ । उनीहरु मध्ये दुई जना बुटवलको कोभिड अस्पतालमा र एक जनाको होम आईसोलेसनमा मृत्यु भएको हो ।
बुटवल उपमहानगरपालिका–११ देवीनगरका ४७ वर्षीय पुरुष र बुटवल–१७ मोतीपुरका ८१ वर्षीय पुरुषको बुधवार विहानै मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।
असोज २४ गते कोरोना पोजिटिभ देखिएपछि अस्पताल भर्ना भएका देवीनगरका ४७ वर्षीय पुरुषको १ बजे नै मृत्यु भएको हो । त्यस्तै, असोज २७ गते पोजिटिभ भई अस्पताल ल्याइएका बुटवलकै मोतीपुरका ८१ वर्षीय पुरुषको बुधबार बिहान ५ बजे मृत्यु भएको सूचना अधिकारी गौतमले बताए । दुवै बिरामीको भेन्टिलेटरमा राखेर उपचार भैरहेको थियो ।
यस्तै, रुपन्देहीको तिलोत्तमामा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । तिलोत्तमा वडा न २ निवासी ४७ बर्षीय पुरुषको मृत्यु भएको हो । उनी लामो समयदेखि स्वासप्रस्वास, प्रेसरको समस्यामा थिए । उनको होम आइसोलेसनमै मृत्यु भएको क्रिमसन अस्पतालले जानकारी दिए । आफन्तले बुधबार विहानै अस्पताल ल्याउँदै गर्दा उनको मृत्यु भैसकेको अस्पतालका सूचना अधिकारी शेखर पोख्रेलले जानकारी दिए । उनको शव अहिले सोहि अस्पतालमा राखिएको छ ।
रुपन्देहीमा कोरोना संक्रमितको संख्या ५ हजार भन्दा वढि भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोलर केदारनाथ शाहले जिल्लामा संक्रमितको संख्या ५ हजार १ सय ६० जना रहेका छन् । त्यस मध्ये संक्रिय संक्रमितको संख्या २ हजार १ सय ४१ जना रहेका छन् । कोरोनाकै कारण रुपन्देहीमा ५६ जनाको मृत्यु भैसकेको छ । जिल्लामा संक्रमितको उपचारका लागि अस्पतालमा वेड समेत उपलव्ध नभएपछि विरामीहरुको विजोग हुन थालेको छ ।
अहिले शवलाइ सोहि अस्पतालमा राखिएको परिवारजनले जनाएका छन् ।
Related News
सम्बन्धित समाचार
टेम्पल ट्रि रिसोर्टले बुझायो २ करोड कर
कोरोनाको नयाँ भेरियन्ट : संक्रामक तर घातक कम
कोभिडबाट एकको मृत्यु, १०६ संक्रमित थपिए
कोरोना भाइरसबाट आज एक जनाको निधन
गण्डकीका ३ सहित मुलुकभरका १३ जिल्लामा कोरोनाको शून्य संक्रमण
hero news full width
मुख्य समाचार
सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
माघ ११, २०८१राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
माघ १०, २०८१जनप्रियको वार्षिकोत्सवमा सम्मान
माघ १०, २०८१खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित
माघ १०, २०८१पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
माघ १०, २०८१