कार्यपालिका बैठक कांग्रेसको बहिष्कार

आदर्श समाज सम्वाददाता
कार्तिक ५, २०७७
Pokhara-mahanagarpalika-1

पोखरा । पोखरा महानगरपालिकाको कार्यपालिका बैठक कांग्रेसले बहिष्कार गरेको छ । कोरोनाले कर्मचारीलाई छोपेपछि महानगरले भर्चुअल प्रविधिबाट बैठक बोलाएको थियो । तर कांग्रेसले भर्चुअल बैठक आफुहरुसँग सल्लाह नगरी डाकिएको भन्दै सहभागी नहुने निर्णय गरेको सचेतक रामराज लामिछानेले जानकारी दिए ।

‘सामाजिक दुरी राखेर बैठक बस्न मिल्थ्यो । एक्कासी भर्चुअल भनेर बैठक डाकियो,’ उनले भने, ‘केहि एजेण्डामा हाम्रो विमती छ । त्यही कुरामा विरोध होला भनेर नियतबस भर्चुअल बैठक राखिएको हो ।’ मंगलबारका कुनैपनि निर्णय आफुहरुले नमान्ने लामिछानेले बताए । तर कांग्रेसका एकजना वडाध्यक्ष भने बैठकमा सहभागी थिए । महानगरको एजेण्डाभन्दा फरक बिषय उठाउनका लागि बैठकमा सहभागी भएको उनले बताए । उनले महानगरपालिका प्रणालीमा नचलेको आरोप समेत लगाए । ‘पार्टीले बैठकमै नजान भनेको थियो । अरु एजेण्डामा मेरो पनि बहिष्कार नै हो,’ वडाध्यक्ष जगत पहारीले भने, ‘मैले फेवातालको मापदण्डका बिषयमा कुरा राख्नैपर्ने थियो । त्यसैले सहभागी भएँ ।’

मंगलबारको बैठकमा गण्डकी बहुप्राविधिक शिक्षालय सम्बन्धि कार्यविधि पास भएको छ भने किसानको परिचय वितरणका लागि फाराम भर्दा लाग्ने शुल्क तोकिएको छ । गरिव, भुमिहिन र निम्न बर्गका किसानलाई निशुल्क फाराम भर्न पाउने सुविधा बनाईएको छ भने निर्वाहमुखी किसानलाई १ र २ हजार तथा फार्म स्थापना गर्ने किसानले फाराम भर्दा ५ हजार तिर्नुपर्छ । महानगरको सुविधा लिने किसानले मात्रै यो फाराम भर्नुपर्ने बाध्यता छ । महानगरले केहि समयअघि अनलाईन मार्फत कृषक बर्गीकरणको सुरुवात गरेको थियो ।

यस्तै, प्रारम्भीक वातावरणीय अध्ययन (आइईई) स्विकृत गर्ने कार्यविधि बनाईएको छ भने बालमैत्री वडा घोषणा गर्ने र बालमन्च गठन गर्ने निर्देशिका तयार गरिएको छ । वातावरण तथा प्राकृतिक श्रोतको संरक्षण सम्बन्धमा बनेको विधेयक विधायन समितिमा पठाईएको छ । महानगरले नक्सापास तथा भवन निर्माण मापदण्ड संशोधन गरेको छ । कांग्रेसले बैठक बहिष्कार गरेको बारे महानगरलाई कुनै जानकारी नभएको मेयर मानबहादुर जिसीले बताए । ‘बहिष्कार गर्ने कुरा आधिकारिक रुपमा हामीलाई थाहा भएन । स्थानीय तहमा कोही प्रतिपक्षी भन्ने हुँदैन,’ उनले भने, ‘बहिष्कार नै गर्नुपर्ने कुनै एजेण्डा पनि थिएन । यो कुनै राजनीतिक एजेण्डा होईन ।’ सबै एजेण्डा बहुमतले निर्णय गरिएको हो । ३३ वडामध्ये २२ वडामा सत्तारुढ नेकपाका वडाध्यक्ष छन् भने कांग्रेसका ११ सांसद छन् ।

Related News

सम्बन्धित समाचार

  • रिहर्सलमा ‘सपना डिलक्स कोच’

    आदर्श समाज सम्वाददाता माघ ४, २०८१
    पोखरा । चर्चित कलाकार अनुप बरालको सक्रियतामा पोखरा–३, नदीपुरमा ‘हंसध्वनि’ नाटकघर निर्माणाधीन छ । निर्माण पूरा नहुँदै सोही नाटकघरमा एक…
  • पंगेनीको प्रस्तुतिमा रमाए दर्शक

    आदर्श समाज सम्वाददाता माघ ४, २०८१
    पोखरा । लोकप्रिय गायक बद्री पंगेनीको प्रस्तुतिमा पोखरेली दर्शक रमाएका छन् । प्रायः वियोगान्त गीत गाएर दर्शकलाई रुवाउने लोक तथा…
  • प्राडा पाठकको पदभार

    आदर्श समाज सम्वाददाता माघ ३, २०८१
    पोखरा । पृथ्वीनारायण क्याम्पसका नवनियुक्त क्याम्पस प्रमुख प्राडा हरिप्रसाद पाठकले पदभार ग्रहण गरेका छन् । बुधबार उनको स्वागत तथा पदस्थापना…
  • करार र काजले भरिएको पोखरा महानगर

    आदर्श समाज सम्वाददाता माघ ३, २०८१
    पोखरा । तनहुँ घिरिङ गाउँपालिकामा कार्यरत् सातौं तहकी इन्जिनियर ज्योति थापा २०७७ फागुनमा पोखरा महानगर काजमा सरुवा भइन् । काज…
  • पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू

    आदर्श समाज सम्वाददाता माघ २, २०८१
    पोखरा । पोखरा वडा कार्यालय १५ आयोजनामा बुधबारदेखि तेस्रो बृहत् खेलकुद महोत्सव सुरु भएको छ । वन विज्ञान अध्ययन संस्थानको…

hero news full width