लुम्बिनी प्रदेशले कोरोना संक्रमितको निशुल्क उपचार गर्ने

विक्रम खड्का
कार्तिक ५, २०७७
Butwal Hospital

बुटवल । संघीय सरकार कोरोना संक्रमितहरुको नि(शुल्क उपचारबाट पछि हटेपछि जनस्तरवाट चर्को आलोचना भैरहेका वेला लुम्बिनी प्रदेश सरकारले संक्रमितको उपचार निःशुल्क गर्ने भएको छ । प्रदेशका ४ वटै कोरोना बिशेष अस्पतालमा लक्षण सहितका वा अस्पतालमा बस्नुपर्ने अवस्थाका सबै कोरोना संक्रमितको उपचार निःशु्ल्क गर्ने प्रदेश सरकारले बताएको छ ।

मुख्यमन्त्री शंकर पोखरेलले समाजिक संजाल मार्फत प्रदेशका अस्पतालहरुमा कोरोना संक्रमितको उपचारमा शुल्क नलाग्ने जानकारी दिएका हुन् । उनले फेसवुक स्टाटसमा लेखेका छन्, ‘सरकारले लुम्बिनी प्रदेशका चारवटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका बिरामीका लागि निःशुल्क उपचारको व्यवस्था यथावत राखेका छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम नागरिकले कोरोना भाइरस संक्रमणको उपचार आफै गर्नु पर्ने, शव ब्यवस्थापन आफैले गर्नुपर्ने तथा पीसीआर शुल्क पनि नागरिकले नै तिर्नु पर्ने सुचना जारी गरेपछि सर्वत्र आलोचना भएको छ । नागरिकबाट सरकार नभएको भन्दै समाजिक संजालमै चर्को आलोचना भैरहेका बेला मुख्यमन्त्री पोखरेलले आफ्नो प्रदेशमा निःशुल्क उपचार हुने बताएका हुन् ।

संघ सरकारले सोमबारदेखि गरिब विपन्न तथा अशक्त, एकल महिला,अपाङ्ग, अग्रभागमा खटिने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको लक्षण देखिएको अवस्थामा निशुल्क उपचार गरिने र त्यसबाहेकका कोरोना संक्रमित बिरामीहरुको शुल्क लिने बताएको थियो । सरकारको निर्णय लगत्तै सरकारको स्वामित्वमा रहेका कतिपय अस्पतालहरुले निर्णय अघि अस्पताल भर्ना भएका संक्रमितहरुलाई समेत रकम जम्मा गर्न सुचना जारी गरिसकेका छन् ।

लुम्बिनी प्रदेशका समाजिक विकास मन्त्री सुदर्शन वरालले शुल्क लिने विषयमा आफुहरुकोमा कुनै छलफल नै नभएको बताए । उनले कोभिड अस्पतालको क्षमता बृद्धिका लागि सरकारले पहल गरिरहेको दावी गरे । लुम्बिनीका कोभिड अस्पतालहरुमा उपचारका लागि वेडको अभाव चरम छ । जसका कारण संक्रमितहरु वाटोमै मृत्यु हुनु पर्ने अवस्थामा पुगेका छन् । मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय उपाध्यक्ष गोविन्द खनालले निःशुल्क उपचार हुने बताएर मात्र नहुने भन्दै अस्पतालको क्षमता विस्तारमा तत्काल ध्यान दिन र ब्यवस्थापन मिलाउन सुझाए ।

Related News

सम्बन्धित समाचार

  • विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन

    आदर्श समाज सम्वाददाता माघ ७, २०८१
    पोखरा । जिल्ला समन्वय समिति कास्की उपप्रमुख सरिता माललाई छोरीलाई नेपालमै राखेकामा पछुतो छ । प्लस टु सकेपछि छोरीका साथीहरु…
  • निर्माण व्यवसायीले बुझाए ज्ञापन

    आदर्श समाज सम्वाददाता माघ ६, २०८१
    पोखरा । नेपाल निर्माण व्यवसायी संघ कास्कीले विभिन्न मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । व्यवसायीहरुका माग सम्बोधन गर्न माग गर्दै…
  • मिस तामाङका प्रतिस्पर्धीले देखाए ट्यालेन्ट

    आदर्श समाज सम्वाददाता माघ ५, २०८१
    पोखरा । बैदाम तामाङ सेवा समाजको आयोजनामा नवौं संस्करणको मिस तामाङअन्तर्गत ट्यालेण्ट राउण्ड सम्पन्न भएको छ । प्रतियोगीहरुले विभिन्न विधामा…
  • संरक्षण आमा समूहद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता माघ ५, २०८१
    पोखरा । बाटुलेचौरस्थित संरक्षण आमा समूहले समूहको विकास र उन्नयनमा भूमिका खेल्ने आमाहरूलाई सम्मान गरेको छ । समूहको २४ औं…
  • सातौं ब्रेज मेश्रो अवार्ड परियारलाई

    आदर्श समाज सम्वाददाता माघ ३, २०८१
    पोखरा । घान्द्रुकका हिमलाल परियार सातौं बे्रज मेश्रो अवार्डबाट सम्मानित भएका छन् । घान्द्रुक समाज हङकङले प्रदान गर्दै आएको ब्रेज…

hero news full width