रिचार्ज र पैसा चोर्ने पक्राउ

Avatar आदर्श समाज सम्वाददाता
कार्तिक ४, २०७७

कास्कीको माछापुच्छ«े स्थित किराना पसलबाट सामान र नगद चोर्ने दुईजना पक्राउ परेका छन् ।

सोज २४ गते लाहाचोककी तुलसी अधिकारीको सारदा एण्ड सरोज किराना पसलमा चोरी गरेको आरोपमा तनहुँको ऋषिङ २ घर भइ पोखरा ८ बस्ने मधु थापा र लाहाचोककै सूर्यबहादुर घर्तीलाई पक्राउ गरिएको हो ।

उनीहरुले रिचार्जकार्ड, नगद १ लाख ३० हजार र औठी चोरेको आरोप छ । बगर प्रहरीले मधु थापाको डेराबाट पक्राउ गरेको हो ।

उनको कोठाबाट चोरीका सामान र ७७ हजार २ सय ९० रुपैयाँ समेत बरामद भएको कास्की प्रहरीका प्रबक्ता डीएसपी सुवास हमालले जानकारी दिए ।

उनीहरुलाई चोरी तथा डाँका मुद्धामा म्याद थप गरी अनुसन्धान थालिएको हमालले बताए ।