बालबालिकाकै स्यंसेवकले गरे यौन दुव्र्यवहार

रामकुमार श्रेष्ठ
कार्तिक ४, २०७७
cyber-crime-nepal-2_Fotor

नवलपुर
पूर्वी नवलपरासीको कावासोती नगर बाल सञ्जालमा आवद्ध बालबालिकालाई अश्लिल तस्वीर तथा भिडियो पठाएर यौन दुव्र्यवहार गरेको आरोपमा एक स्वयंसेवकलाई पक्राउ गरिएको छ ।

कावासोती नगरपालिकामा कार्यरत गणेश विकलाई समातिएको हो । नगरपालिकामा बालमैत्री कार्यक्रम स्वयंसेवकको रुपमा करारमा कार्यरत उनले विभिन्न समयमा अश्लिल तस्वीर र भिडियो पठाएर दुव्र्यवहार गरेको आरोपमा ४ बालबालिकाले असोज ३० गते नगरपालिकामा उजुरी दिएका थिए ।

नगरपालिकाले बालबालिकाबाट सक्कल पत्र सहित आवश्यक कारवाहीको लागि असोज ३० गते जिल्ला प्रहरी कार्यालयमा पठाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले बताए ।

नगरपालिकाले पठाएको पत्र पाएपछि प्रहरीले विकलाई पक्राउ गरेर अनुसन्धान थालेको प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए ।

प्रहरीले जिल्ला प्रशासन कार्यालयमा सार्वजनिक हित, स्वास्थ्य तथा नैतिकता विरुद्धको कसुरमा मुद्दा दर्ता गरि म्याद थपेर अनुसन्धान गरिरहेको मल्लको भनाइ छ ।

मल्लका अनुसार विकले आफ्नै नगरपालिका भित्र रहेका बाल क्लबमा आवद्ध बालिकाहरुलाई अस्लिल फोटो तथा भिडियोहरु पठाएको पाईएको छ ।

बालमैत्री कार्यक्रममा कार्यरत उनलाई कानुनी कारवाहीको लागि नगरपालिकाले सिफारिस गरेको नगरपालिकाले पनि थप कारबाही गर्ने नगरका प्रमुख प्रशासकीय अधिकृत पुरीले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width