सडक ग्राभेल सुरु

साधन राम्जाली
कार्तिक ४, २०७७
darbang -dharapani (3)

म्याग्दी
म्याग्दीको दरबाङदेखी–धारापानीसम्म सडकको स्तरोन्नतीको काम थालिएको छ । मालिका गाउँपालिका वडा नम्बर ५ र ६ को सिमाना दरबाङको पक्की पुलदेखी धवलागिरी गाउँपालिका वडा नम्बर ७ धारापानीसम्म सडक ग्राभेल थालिएको हो ।

मालिकाका अध्यक्ष श्रीप्रसाद रोकामगरले सडक स्तरोन्नतीको शिलान्यास गरे ।

सडकको स्तरोन्नती पछि आउजाउ गर्न सहज हुने उनले बताए । सडकको दुरी समेत छोटिने छ । ‘गाउँमा बाह्रै महिना गाडी चल्ने सडक बनाउन लागेका छौं,’ उनले भने । गण्डकी प्रदेशको पुर्वाधार विकास कार्यालयबाट दरबाङ–धारापानी सम्मको ७ किलोमिटर सडक स्तरोन्नती गर्न सम्झौता भएको हो । १४ करोड रुपैयाँ लागतमा सम्झौता गरिएको कार्यालयले जनाएको छ ।

धुलिखेल ब्राइट कुँवर जेबी निर्माण कम्पनीले सडक स्तरोन्नतीको ठेक्का पाएको पुर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ ।

ग्राभेलसँगै ८ मिटर चौडा, ग्रेड मिलाउने, नाली बनाउने, विभिन्न ठाउँमा आरसीसी ढलान गर्ने लगायतका मा हुने कार्यालयका इन्जिनियर सन्तोष अर्यालले जानकारी दिए । उनका अनुसार दुई बर्षभित्रमा सम्पन्न हुनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width