काठमाडौँ, ३ कात्तिक । नेपाल र ओमानबीच नेपाली तथा ओमानी कूटनीतिक, विशेष, सेवाकालीन तथा सरकारी राहदानी वाहकलाई एकार्काका देशमा प्रवेशाज्ञा छुटसम्बन्धी सम्झौता भएको छ । ओमानको परराष्ट्र मन्त्रालयमा आज उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।
सम्झौतानुरूप उक्त राहदानीवाहक दुवै देशका नागरिकले एकार्काका देशमा प्रत्येक पटक प्रवेश गरेका मितिदेखि ९० दिनसम्म प्रवेशाज्ञा नलिइकन प्रवेश गर्न, ट्रान्जिटका रूपमा रहन, बस्न तथा त्यहाँबाट प्रस्थान गर्न सक्नेछन् ।
उक्त सम्झौतामा नेपाल सरकारका तर्फबाट ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली र ओमानका तर्फबाट त्यहाँका परराष्ट्र मन्त्रालयका सचिव (प्रशासन तथा लेखा) मोहम्मद विन नासिर विन मोहम्मद अल वहेबीले हस्ताक्षर गरे ।
सो सम्झौतापछि ओमान र नेपालबीच हुने द्विपक्षीय औपचारिक भ्रमण, ट्रान्जिट भ्रमणलगायत अन्य गतिविधि बढाउन सहयोग पुग्ने मस्कटस्थित नेपाली दूतावासले जनाएको छ ।
त्यसैगरी पछिल्लो समय ओमान अन्तरराष्ट्रिय विमानस्थल व्यस्त ट्रान्जिटका रूपमा विकास भइरहेका सन्दर्भमा श्रमलगायत अन्य विविध गतिविधिका लागि त्यहाँ हुने भ्रमणमा समेत सो सम्झौताले सहजीकरण गर्ने जनाइएको छ ।
हस्ताक्षर कार्यक्रममा उनीरुले प्रवेशाज्ञामा सहजीकरण भएसँगै दुवै देशले आपसी सम्बन्धका विविध आयामलाई थप गतिशील र सक्रिय बनाउनुपर्नेमा जोड दिए ।
Related News
सम्बन्धित समाचार
ड्यामसाइडदेखि चंखपुरको सेरोफेरो, फेवातालकाे चौघेरो
आवश्यक परे प्रदेशको नाम फेर्न सकिन्छ : सभामुख अधिकारी
संसद बैठकः सत्तापक्षको बेन्च झमेला
चितवनमा भूमिहीनलाई जग्गाधनी पुर्जा दिने गरी प्रक्रिया शुरु
प्युठानमा सुत्केरीको मृत्यु
hero news full width
मुख्य समाचार
बेवारिसेका अभिभावक विद्यालय
प्रधानमन्त्रीले शिलान्यास गरे प्रदेश प्रशिक्षण प्रतिष्ठान
फागुन १७, २०७७स्कुल टिकाउन विद्यार्थी वन्धक !
फागुन १६, २०७७नेपालकै ठूलो धनराशिको फुटसल
फागुन १६, २०७७नाइकेको विषयमा कारागार भित्रै झडप
फागुन १६, २०७७आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
फागुन १६, २०७७