बालिका बलात्कार आरोपमा बृद्ध पक्राउ

आदर्श समाज सम्वाददाता
कार्तिक ३, २०७७
rape attempt

तनहुँ । तीन बालिकालाई बलात्कार गरेको अभियोगमा तनहुँमा एक बृद्ध पक्राउ परेका छन् । भानु १० का ७२ बर्षीय भानु सापकोटाले तीन बालिका बलात्कार गरेको आरोप छ । ९, ११ र १२ बर्षका बालिकामाथी पटक पटक करणी गरेको आरोपमा तनहुँ प्रहरीले सापकोटालाई पक्राउ गरेको हो ।

आफन्तले बलात्कार आरोपमा सापकोटामाथी प्रहरीमा उजुरी दिएका थिए । उजुरीकै आधारमा उनलाई घरबाट पक्राउ गरिएको तनहुँ प्रहरीले जनाएको छ । उनले गत असार १५ र साउन ४ गते बलात्कार गरेको आरोप छ । आफन्तले मौखिक जाहेरी दिएपछि पक्राउ गरेर अनुसन्धान थालिएको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए । अदालत बन्द रहेकोले खुलेपछि मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइने तिमिल्सेनाको भनाई छ ।

Related News

सम्बन्धित समाचार

hero news full width