लेखनाथ । पोखरा महागरपालिका वडा नं २६ स्थित खाष्टेताल मत्स्य तथा कृषि सहकारीको चौथो बार्षिक साधारण सभा तथा दास्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले आगामी कार्यकालका लागि पुनः हरिप्रसाद अधिकारीको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको छ ।
संस्थाले खाष्टेताल र न्यूरेनीतालको संरक्षण गरि आयआर्जनका लागि माछापालन गर्दै आएको छ ।
सर्वसम्वत रुपमा चयन भएको समितिको उपाध्यक्षमा शान्ति पौडेल, सचिवमा नवराज ढुगाना, कोषाध्यक्षमा डिल्लीराम लामिछाने र सदस्यहरुमा हेमराज वराल, रमेशराज पौडेल, शिवराज तिमिल्सेना, वीरेन्द्र भण्डारी, सरस्वती भण्डारी वराल, कल्पना भण्डारी र सुमन ढुंगाना रहेका छन् । त्यस्तै, लेखा समितिको संयोजकमा हरिश्चन्द्र तिमिल्सेना, योगेन्द्र बराल र विकास ढुंगाना रहेका छन् ।
यस अघि कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नारायण प्रसाद बरालले प्रकृतिक स्रोतका रुपमा रहेका तालतलैयाको संरक्षण गर्दै स्थानीय उपभोक्ताको आय आर्जन र रोजगारी सृजनामा सहकारीले खेलेको भूमिका महत्वपुर्ण भएको बताए ।
सोही अवसरमा जिल्ला सहकारी संघ कास्कीका महासचिव छविलाल लामिछानेले सहकारीहरुले बजारमा रहेको माछाको अभावलाई हटाउन भूमिका खेल्नुपर्नेमा जोड दिए ।
निर्वाचन मण्डलका संयोजक राममणि ढुगानाले सहकारीको मर्म र भावना आनुसार सहकारीहरु चल्ने हो भने आयतित वस्तुलाई विस्थापित गराउन सकिने बिचार राखेका थिए ।
सस्थाका अध्यक्ष हरिप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष शान्ति पौडेलले गरेकी थिईन् भने कार्यक्रम संचालन सचिव श्रीभद्र करालले गरेका थिए ।
संबृद्धिका लागि तालको विकास भन्ने मुल नाराका साथ २०७३ सालमा स्थापना भएको सहकारीमा ७ सय १९ सेयर सदस्यहरुको १ करोड २६लाख ७८ हजार पाँच सय सेयर पुँजी रहेको छ ।
Related News
सम्बन्धित समाचार
शिवमायालाई ललित गौचन समाजसेवा सम्मान
हाजिरीजवाफमा चिल्ड्रेन्स एकेडेमी प्रथम
फेवाताल पुर्ने गतिविधि तत्काल रोक्न माग
मुद्दा मिलाउने भन्दै १ करोड माग्ने पक्राउ
सिद्धार्थ क्लबकाे कार्यक्रममा ९४ युनिट रगत संकलन
hero news full width
मुख्य समाचार
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाः ‘हाम्रो रङ्गशाला, मेरो कुर्ची’ अभियान
पुनस्र्थापित संसदको पहिलो बैठकमै अवरोध
फागुन २४, २०७७संसद् बैठकमा सभामुखको लिखित मन्तव्य
फागुन २३, २०७७ऋषि कट्टेलकाे नेकपा वैधानिक, अोली- दाहालकाे खाेरज
फागुन २३, २०७७घुम्ने कर्मचारीलाई महिनाभरिको तलब, आधा महिना छुट्टी
फागुन २३, २०७७सहिदका छोराछोरीलाई उच्च शिक्षाको चिन्ता
फागुन २३, २०७७