बसपार्कका जग्गामा गाडीभन्दा घर धेरै

प्रकाश ढकाल
कार्तिक २, २०७७
pokhara buspark

पोखरा । पोखरामा ब्यवस्थित बसपार्क निर्माणको कुरा थालेको झण्डै ५ दशक वितिसक्यो । बसपार्क अहिलेसम्म बनेको छैन । बसपार्कलाई चुनावी नारा बनाएर धेरै सांसदहरु निर्वाचित भए तर बसपार्कको बेहाल उस्तै छ । पोखरा महानगरपालिकाले ४५ बर्षपछि बल्ल बसपार्क निर्माणको सामान्य तयारी थालेको छ । त्यहाँका अब्यवस्थित बसोबासीहरुलाई अन्यत्र जग्गा उपलब्ध गराएर त्यहाँ बसपार्क निर्माण गर्ने तयारी गरेको हो । यसैका लागि पोखरा १६ का अध्यक्ष जीवन आचार्यको संयोजकत्वमा अध्ययन समिति गठन भएको छ । आचार्यले स्थानान्तरणका लागि जग्गाको खोजी भैरहेको बताए । ‘४ ठाउँमा जग्गा हेरेका छौं । सबै ठाउँ उपयुक्त नै छन्,’ उनले भने, ‘अब सबै राजनीतिक दलबीच समझदारी गरेर त्यहाँ बसपार्क बनाउनुपर्छ । एउटाले मात्रै गरेर सम्भव छैन ।’ यहाँ बसपार्क बनाउन जग्गा अधिग्रहण गरेको ४५ बर्ष पूरा भैसक्यो । २०३२ सालमा तत्कालीन अञ्चलाधीस शंकरराज पाठक र योजनाविद् पदमबहादुर क्षेत्रीले २ सय ६ रोपनी जग्गा बसपार्कका लागि अधिग्रहण गरिदिएका थिए । त्यतिबेलै निर्माण गरिएको १५ बर्षीय आवधिक योजनामा बसपार्क निर्माणको योजना समेत समेटिएको थियो ।

त्यहाँ बसपार्क बनाउनुको सट्टा नेतृत्वहरुले सुकुम्बासी लगेर भरिदिए । नगर विकास समितिका अध्यक्ष नियुक्त भएसँगै बर्षेनी सुकुम्बासी संख्या थपिँदै गयो । केहि गाडीहरु भित्र लगेर राखिन्छन् । तर बसपार्ककको जग्गामा गाडी भन्दा बढी सुकुम्बासीका घर छन् । पटक पटक घडेरी बाँडेपछि अहिले बसपार्कको जग्गा ८६ रोपनीमा खुम्चिएको छ । उपत्यका नगर विकास समितिका अध्यक्ष समेत रहेका महानगरका मेयर मानबहादुर जिसी बाँकी रहेको जग्गामै बसपार्क बनाउने बताउँछन् । पुसभन्दा अघि नै सकारात्मक निर्णय हुने उनले सुनाए ।

‘घडेरी किनेर बसेकाहरुलाई कता जाउ भन्ने ? सुकुम्बासीलाई भाग भन्न पनि सकिँदैन,’ उनले भने, ‘कतै जग्गा मिलाएर उनीहरुलाई त्यहाँ सिफ्ट गर्छौं । त्यसपछि काम सुरु हुन्छ ।’ बसपार्क निर्माणका लागि पटकपटक प्रतिवेदन बनाईएको छ । अध्यक्ष नयाँ नियुक्त हुने वित्तिकै नयाँ प्रतिवेदन बनाउँछन्, गाडी राख्न मिल्ने गरी बसपार्क चाहिँ कसैले बनाएनन् । बसपार्क बनाउने पैसा नगर विकास समितिसँगै छ । ८ करोड रुपैयाँ खातामा रहेको मेयर जिसीले बताए । ‘पैसाको समस्या छैन । हामीसँग पर्याप्त बजेट । नपुगे नगर विकास कोषले लगानी गर्छ,’ उनले भने, ‘अब अलमल गर्ने समय छैन । जसरी हुन्छ, टुंग्याईदिने हो ।’ बसपार्क निर्माणको योजना महानगरको बर्षेनी कार्यक्रममा पर्छ । प्रदेश सरकारले समेत बसपार्क बनाउन पहिलो बर्षदेखि नै बजेट छुट्यायो । काम न प्रदेशले गर्‍यो नत महानगरले ।

मेयर जिसीले भनेझैं ९६ रोपनी जग्गामा बसपार्क बनाउन नसकिने पूर्व अध्यक्षहरु बताउँछन् । ‘सुकुम्बासीलाई त्यहाँबाट हटाएर सबै जग्गामा बनाईनुपर्छ । नत्र केहि बर्षमै काम नलाग्ने हुन्छ,’ पूर्व अध्यक्ष विश्वप्रकाश लामिछानेले भने, ‘यो वा त्यो बहाना झिकेर काम नगर्ने प्रबृत्तिको अन्त्य गरौं । सबै राजनीतिक दलको साझा योजनाको रुपमा विकास गरौं ।’ नगरविकास समितिकै पदाधिकारीले बसपार्क निर्माणका लागि अधिग्रहण भएको जग्गा घडेरी बनाएर बेचेपछि जमिन साँघुरिएको हो ।

अहिले चलिरहेको एयरपोर्ट स्तरोन्नती गर्दा त्यहाँ रहेका ब्यवसायीलाई बसपार्कको जग्गामा राखियो । तत्कालीन समयमा ७४ परिवारलाई सहुलियत दरमा घडेरी दिईएको थियो । त्यसपछि पृथ्वी राजमार्गको सडक मापदण्ड, पोखरा विमानस्थलबाट सारिएका र केही जग्गाधनीलाई सट्टा जग्गा दिँदा अधिग्रहण गरिएको जग्गा घट्दै गएको हो । बसपार्कको चारैतिर बिनानक्सा २ सय भन्दा बढी पक्की घर बनाइएका छन् । त्यहाँ हाल ४ सय ५४ जना सुकुम्बासी छन् भने लालपूर्जा भएका जग्गाधनी समेत छन् ।

अशोक पालिखे अध्यक्ष भएका बेला नगरपञ्चायतको सिफारिसमा घडेरी बेचिएको थियो । त्यसपछि पनि पश्चिम र दक्षिणतर्फका ४२ वटा घडेरीलाई ३ लाख र पूर्वतर्फका ३२ वटा घडेरी १ लाख ८० हजारका दरमा विक्रि गरिएका छन् । पुर्व अध्यक्ष प्रकाशमोहन खनाल बसपार्क निर्माणको काम तत्काल थाल्नुपर्ने बताउँछन् । ‘पर्यटकीय सहर पोखरामा बसपार्क नहुनु लाजमर्दो कुरा हो । बसपार्क त राजधानीको नभई नहुने पुर्वाधार हो,’ उनले भने, ‘खै पोखराले त्यो बुझेको ? धेरै पटक अध्ययन भैसक्यो । अब काम गर्नुपर्छ ।’ बेचिएका र बाँडिएका सबै जग्गा फिर्ता लिएर बसपार्क बनाउन उनको सुझाव छ । हरेक चुनावमा उम्मेदवारहरुको प्रमुख चुनावी नारा बन्दै आएको बसपार्क यही गतिमा चले अबको चुनावमा पनि एजेण्डा दोहोरिने निश्चित छ ।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width